विश्व आदिवासी दिवसको अवसरमा तनहुँका ६ स्थानीय तहमा सार्वजनिक बिदा

दमौली । आज विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । यस अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । यही साउन २४ गते (अगष्ट ९) मंगलबार मनाइने सो दिवसका लागि तनहुँका शुक्लागण्डकी, भानु, व्यास नगरपालिका सहित म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् । […]
कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाई कालोमोसो

बाँके । कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई युवा जनस्वयंसेवक नेपालले कालोमोसो दलेको छ। युवा जनस्वयंसेवक नेपाल कर्णाली ब्युरोले सोमबार एक प्रेम विज्ञप्ति जारी गरेर कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाई कालोमोसो दलिएको घटनाको जिम्मेवारी लिएको छ । सोमबार जारी गरिएको उक्त विज्ञप्तिमा कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थामा विगत केही […]
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन : असोज २३ मा उमेदवारी दर्ता

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उमेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उमेदवारी दर्ता हुनेछ । प्रत्यक्षतर्फका उमेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन हुनेछ । असोज २८ गतेदेखि मतपत्र छपाइ […]
उक्सिएन मेचे र सन्थालको जीवनस्तर

झापा । मेचे जाति पूर्वी तराईको झापा जिल्लाका आदिवासीमध्ये एक हुन्। परापूर्वकालमा मेची नदी र कनकाई नदीका बीचमा बस्ने भएकाले उनीहरूलाई मेचे भनिएको हो। बोडो जातिको नामले परिचित उनीहरू झापाको भद्रपुर, कप्तानबारी, आयाबारी, जलथल, शनिश्चरे, धुलाबारी, अनारमनि, बेलडाँगी, धाइजन जस्ता क्षेत्रमा बसोबास गर्छन्। २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार नेपालमा ४ हजार ८ सय ६७ मध्ये […]
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, साउन २४ । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने […]
नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका प्रभाकर नियुक्त

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मनोज प्रभाकर नियुक्त भएका छन्। नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले सोमबार प्रभाकरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरिएको जानकारी दिएको छ । प्रभाकर भारतका पूर्वअलराउन्डर क्रिकेटर हुन्। उनले भारतका लागि ३९ टेस्ट म्याच र १३० एक दिवसीय खेल खेलेका छन्। यसअघि उनी अफगानिस्तान क्रिकेट टिमका प्रशिक्षक थिए […]
सत्ता गठबन्धनका कार्यदलको संयोजकमा सिटौला, सम्मानजनक सिट बाँडफाँट गर्न सहमत

काठमाडौं । सत्ता गठबन्धनको आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि सिट बाँडफाँट गर्न बनेको कार्यदलको संयोजकमा कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला चयन भएका छन् । कार्यदलको सोमबार बालुवाटारमा बसेको बैठकले सिटौलालाई संयोजक तोकेको हो। सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले कार्यदललाई व्यवस्थित बनाउन सिटौलालाई संयोजक बनाइएको बताए। उनले भने, ‘सिट बाँडफाँडबारे सबै साथीहरूले आफ्नो धारणा राख्नुभयो। […]
नवलपुरको हुप्सेकोटमा विपत व्यवस्थापनका लागि एक करोड बजेट बिनियोजन

तिलु खोँजेली मगर नवलपुर, साउन २३ । नवलपुरको हुप्सेकोट गाउँपालिकाले विपत व्यवस्थापनका लागि एक करोड रुपयाँ विनियोजन गरेको छ । हुप्सेकोट गाउँपालिकामा आइपर्ने विपत व्यवस्थापनका लागि सो बजेट विनियोजन गरिएको हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले यस अनलाईनलाई बताउनुभयो । गाउँपालिकामा बिशेषगरि पहिरो जाने र बाढिको जोखीम बढि रहेकोले उक्त जोखिमबाट उद्दार र समस्या समाधानको लागि […]
आगामी संघीय निर्वाचनमा जुम्लाबाट चुनाव लडने ज्ञानेन्द्र शाहीको घोषणा

जुम्ला, साउन २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले आगामी संघीय निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने घोषणा गरेका छन् । सोमबार राजधानीमा एक कार्यक्रमकाबिच शाहीले आफूले जुम्लाबाट चुनाव लड्ने निर्णय गरेको बताएका हुन् । उनले आफू जन्मको जिल्ला जुम्ला प्यारो लाग्ने भन्दै जिते पनि हारे पनि त्यहीबाट चुनाव लड्ने निर्णय लिएको जानकारी दिए । […]
भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको वर्गीकरण स्तरोन्नतिका लागि गृहकार्य सुरू

भरतपुर । भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको वर्गीकरण स्तरोन्नतिका लागि गृहकार्य सुरू गरेको छ । महानगरमा दुई दर्जनभन्दा बढी विद्यालयले स्तरोन्नतिको मागदाबी गरेपछि भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखाले तल्लो वर्गीकरणमा परेका संस्थागत विद्यालयले स्तरोन्नतिको माग गरेपछि आइतबारबाट गृहकार्य सुरू गरेको हो । भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्र पौडेलले भने, ‘विद्यालय स्तरोन्नति गर्न त उसको भौतिक […]
