निहारिका राजपूत सर्वोच्च अदालत परिसरबाट पक्राउ

काठमाडौं । जबरजस्ती करणी मुद्दा दर्ता गराएकी निहारिका राजपूतलाई प्रहरीले सर्वोच्च अदालतबाट पक्राउ गरेको छ। आफूमाथि बलात्कार भएको र न्याय नपाएको भन्दै आन्दोलनरत राजपूतलाई आइतबार बिहान प्रहरी वृत्त सिंहदरबारको टोलीले अदालत परिसरबाट पक्राउ गरेको हो। ब्यानर बोकेर निषेधित क्षेत्रमा गएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन्। आफूलाई ‘कुमारी आमा’ […]
जिल्ला प्रशासन कार्यालय नवलपुरको कम्जोर व्यवस्थापनका कारण सेवाग्राहीहरुलाई सास्ती

तिलु खोँजेली मगर नवलपुर, २२ श्रावण । नवलपुर जिल्लाको जिल्ला प्रशासन कार्यालयमा व्यवस्थानको कमी कमजोरीका कारण दैनिकरूपमा सेवाग्राहीहरुले सास्ती भोग्न बाध्य भएका छन् । राष्ट्रिय परिचय पत्रको फारम दैनिक ८० जनाले भन्दा बढीले भर्न नपाउने भएकोले पालो नपाउला की भनेर सेवाग्राहीहरु बिहान ७ बजेदेखि नै लाईनमा बस्न बाध्य छन् । लाइनमा बस्दा पनि पावर र […]
पश्चिम नवलपरासीमा कलाकार संघको प्रथम जिल्ला अधिवेशन सम्पन्न

रामजी प्रजापति नवलपरासी, साउन २२ । पश्चिम नवलपरासी कलाकार संघ नवलपरासीले प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको छ। विभिन्न क्षेत्रमा रहेका कलाकारहरुको एउटा सिङ्गो टिम बनाएर अगाडि बढ्ने सोचको साथ कलाकार संघ बनाईएको छ । गाउँ, घर तथा शहरमा लुकेर रहेका कलाकार जो कसै कसैले ठाउँ नपाएर आफ्नो कलाको प्रदर्शन गर्न पाईरहेका थिएनन् , ती सबै […]
नवलपुरमा थपिए एक हजार भन्दा बढी नयाँ उद्योग

कावासोती । नवलपुरमा एक वर्षमा एक हजार नयाँ उद्योग थपिएका छन् । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रमुख सागर खनालका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा एक हजार ५० वटा नयाँ उद्योग थपिएका छन् । गत आर्थिक वर्षमा थपिएका उद्योगमध्ये आठ वटा लघु, चारवटा घरेलु र एक हजार ३८ वटा साना उद्योग रहेको छन् […]
माग पूरा नभए पुन: सत्याग्रह गर्ने डा. केसीकाे चेतावनी

काठमाडौ । लामो समयदेखि मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारकाे माग राख्दै संघर्ष गर्दै आएका डा. गोविन्द केसीले पुन सत्याग्रह गर्ने चेतावनी दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै डा केसीले सरकारले आफूसँग गरेको सहमति कार्यान्वयन नगरे भदौ १२ गतेदेखि पुनः आमरण अनशनमा बस्ने चेतावनी दिएका हुन् । केपी ओली नेतृत्वको सरकारले स्वास्थ्य क्षेत्रमा […]
अबिरल बर्षाले पहिरा जादा डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध

लमजुङ, साउन २२ । अविरल वर्षाले आएको पहिराले गएरातिदेखि डुम्रे–बेँसीसहर र बेँसीसहर चामे सडक पुनः अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ उदिपुरको देउराली डाँडा पहिरा र मस्र्याङ्दी गाउँपालिका–४ रामबजार पहिराले बेँसीसहर चामे सडक अवरुद्ध भएको हो । वैकल्पिक सडकका रुपमा रहेको नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट […]
ताप्लेजुङमा द्वन्द्वको समयमा विस्थापित शिक्षकको पुनर्बहाली

ताप्लेजुङ, साउन २२ गते । ताप्लेजुङमा द्वन्द्वको समयमा विस्थापित भएका पाँचजना शिक्षकको पुनर्बहाली भएको छ । १० वर्षे जनयुद्धका कारण विस्थापित हुन पुगेका शिक्षकहरुलाई जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले पुनर्बहालीको पत्र दिएको हो । शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार द्वन्द्वको समयमा बिस्थापित हुँदा उहाँहरु रहेकै विद्यालयका लागि हालको गाउँपालिकालाई […]
गण्डकी प्रदेश सरकार-यातायात व्यवसायीबीच सहमति, आन्दोलन फिर्ता

पोखरा । आइतबारदेखि सवारी बन्द गर्ने निर्णय फिर्ता लिन राजी भएका छन् । यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबीच दुई बुँदे सहमति भएसंगै आन्दोलन फिर्ता भएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासंग यातायात व्यवसायीबीच शनिबार छलफल भएपछि यातायात व्यवसायी आफ्नो आन्दोलनबाट पछि हटेका हुन् । यातायात व्यवसायीका […]
मेसीको दुई गोल प्रेरित पीएसजीको सानदार जित

काठमाडौं । फरवार्ड लिओनल मेसीको दुई गोल प्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लि वानमा सानदार सुरुआत गरेको छ । गाब्रियल मोन्ट पाएड स्टेडियम क्लेरमन्टमा शनिबार राति भएको एकपक्षीय खेलमा पीएसजी लेक्लेरमन्ट फुटलाई ५-० ले पराजित गरेको हो। खेलको नवौं मिनेटमा नेयमारले मेसीको पासमा गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए। २६औं मिनेटमा […]
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव आज प्रतिनिधि सभामा पेस हुने

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आज बिहान ११ बस्ने बैठकमा महाभियोगको प्रस्तावमाथि छलफल हुने उल्लेख छ । संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिन प्रतिनिधि सभामा पेस गर्न परिपक्व हुनेछ । प्रतिनिधि सभा नियमावली, […]
