मालपोत तनहुँद्वारा ४३ करोड राजस्व सङ्कलन

दमौली । मालपोत कार्यालय तनहुँले आार्थिक वर्ष २०७८/७९ मा मात्र ४३ करोड २७ लाख ६८ हजार७ सय ४४ राजस्व सङ्कलन गरेको छ । सोही आर्थिक वर्ष कार्यालयले विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए । जसमा राजिनमा तर्फ २४ करोड ६५ लाख ४१ हजार ९ सय ५८ , धितो तर्फ […]

खाद्यमा छुट रकम हिनामिना गर्नेलाई संरक्षण

खाद्य कम्पनी भन्छ, ‘अख्तियारले अध्ययन गरिरहेको छ, प्रतिवेदन नआएसम्म कर्मचारी काम गरिरहन्छन्’ हुम्ला । हुम्लीवासीलाई खाद्यान्नमा दिइएको छुट खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीले हिनामिना गरे पनि तिनलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मोहनप्रकाश चन्दबाटै संरक्षण भएको छ । ९० दिनभन्दा बढी निलम्बन गर्न नियमावली बाधक भएको भन्दै छुटको रकम अपचलन गर्ने कर्मचारीलाई बचाउ गरिएको हो […]

कास्कीमा पहिराले घर पुरिँदा एकको मृत्यु, एक घाइते

कास्की, साउन १६ । पोखरा महानगरपालिका–६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् । अविरल वर्षापछि घर माथिबाट आएको पहिराले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको ब्लकको गारो र टिनको छानो भएको एक तलाको कच्ची घरको कोठा भत्किँदा कोठा भाडामा बस्ने वर्ष २६ का सन्तोष सुनारको मृत्यु […]

पहिरोले डुम्रे – बेशिसहर सडकखण्ड अबरुद्ध

तनहुँ । लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत उदीपुर सडकखण्ड अवरुद्ध भएको छ । आइतबार रातिदेखिको निरन्तर वर्षाका कारण गएरातिदेखि नै उक्त सडकखण्ड अवरुद्ध भएको हो । बेँसीसहर नगरपालिका– १ उदीपुरको देउरालीडाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पनि वर्षा भइरहेकाले उदीपुरमा ढुंगासहित लेदो आएर सडक अवरुद्ध भएको छ । जिल्ला […]

पहिरो खसेर नारायणगढ-मुग्लिन सडक अबरुद्ध

चितवन, साउन १६ । गएराती देखि परेको वर्षाका कारण पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ४ बजे भरतपुर महानगरपालिका – २९ घुमाउने नजिकै लेदो सहितको पहिरो खस्दा सडक दुईतर्फी अबरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक […]

कृष्णनगर भन्सार कार्यालयको एकपछि अर्को सफलता

अजय मिश्र कृष्णनगर साउन १५ । कपिलवस्तु जिल्लामा अवैध समानहरू भित्रिने सूचना पाएसँगै भन्सार कार्यालय कृष्णनगरले अवैध सामान समात्न सक्रियता देखाएको छ l नेपालीहरूको चाड हरि तालिका तिज नजिकिदै गर्दा कपडा तस्करी बढ्ने क्रम जारी रहेको स्थानीयले बताउदै आएका छन् l कपिलवस्तु जिल्लाको कृष्णनगर भन्सार कार्यालयको गस्ती टोलीले कपिलवस्तु जिल्लाको गोरूसिङ्गे बजारबाट चन्द्रौटातर्फ आउदै गरेको […]

अर्थमन्त्री जनार्दन शर्माले सम्हाले कार्यभार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कार्यभार सम्हालेका छन् । बजेट निर्माणका समयमा करका दर हेरफेर गरेको आरोप लागेपछि राजीनामा दिएका शर्मा शनिवार मन्त्रीमा पुनः नियुक्त भएका थिए । शर्मामाथि आरोप लागेपछि छानबिनका लागि संसदीय समिति नै गठन गरिएको थियो । समितिले १७ दिनसम्म छानबिन गरेपछि आरोप प्रमाणित नभएपछि उनी पुनः अर्थमन्त्री बनेका हुन् । समितिको […]

बौदीकालीको भुवरीटार क्षेत्रलाई आकर्षक पर्यटकीय स्थल बनाइने तयारी

डेढँगाउँ । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली गाउँपालिका – २ स्थित कालीगण्डकी तटीय क्षेत्र भुवरीटारलाई आकर्षक पर्यटकीय स्थल बनाउने कार्यको थालनी गरिएको छ । कालीगण्डकी नदी किनारको मनोरम र सुन्दर वातावरणमा अवस्थित भुवरीटार क्षेत्रलाई संरक्षण गर्दै पर्यटकीय स्थल बनाउन आधारभूत तयारी र छलफल भएको छ । दोभान भुवरीटार पर्यटन विकास समिति बौदीकाली -२ डेढगाउँको समन्वयमा जनप्रतिनिधि, […]

जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त, शपथ बेलुकी ५:३० बजे

काठमाडौं, साउन १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा नियुक्त गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नेगरी मन्त्री नियुक्त गरेकी हुन्। ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को […]

महानगरका मेयरको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी

पोखरा । पोखरामा सम्पन्न महानगरका मेयरको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ। सम्मेलनका सहभागी मेयरहरुले महानगरका लागि आवश्यक छुट्टै ऐन माग गरेका छन्। साथै महानगरको फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको आरोप लगाएका छन्। देशका ६ वटा महानगरपालिकाका मेयरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विद्यमान संघीय कानूनको परिमार्जनसँगै महानगरपालिकाका लागि छुट्टै […]