हिजो देखि अविरल बर्षाको कारण नारायणी नदीले सतर्कताको तह पार,सतर्क रहन आग्रह

धन बहादुर सिन्जाली  चितवन ११ भदौ । हिजो देखि अविरल बर्षाको कारण नारायणी नदीले सतर्कताको तह पार गरेसँगै चितवन प्रशासनले सर्वसाधरणलाई सतर्क रहन आग्रह गरेको छ । अहिले नारायणी नदीमा जलसतह बढेर ७ मिटरको सतर्कता तह पार गरेकाे छ र अहिले नदी ७.३३ को तहमा पुगेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

आज मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना

धन बहादुर सिन्जाली  नवलपुर ११ भदौ । आज मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ । आज भीमफेदी गाउँपालिका–१ को सानुटार नजिक फलाम बोकेको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार सिन्धुलीका २८ वर्षीय भोजराज बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका […]

हिजो देखि लगातार पानी परेकोले चितवन नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो जाँदा हिजै देखि अवरुद्ध

धन बहादुर सिन्जाली  नवलपुर ११ भदौ । हिजो देखि लगातार पानी परेकोले चितवन नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो जाँदा हिजै देखि अवरुद्ध भएको सडक अझैसम्म खुलेको छैन । निरन्तरको वर्षाको कारण भरतपुर महानगरपालिका वडा नम्बर- २९ स्थित सेतिदोभान भन्ने स्थानमा ठुलो पहिरो गई दुईतर्फी बाटो बन्द भएको हो । अहिले बाटो खुलाउने प्रयास भैरहेको चितवन ट्राफिक प्रहरीले […]

भोलि देखि मातपोत कार्यालय चितवनले सेवा सुरु गर्ने

धन बहादुर सिंजाली चितवन १० भदौ । भोलि देखि मातपोत कार्यालय चितवनले सेवा सुरु गर्ने भएको छ । कार्यालयले विहीवार सुचना जारी गरी कोरोना महामारीका कारण भदौ एक गते देखि बन्द रहेको सो कार्यालय जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी शुक्रवार देखि खुल्ला गर्ने जनाएको हो ।

चितवन जिल्ला प्रशासन चितवनले गरेको आदेश उल्लंघन गरी पसल खोल्ने १९ व्यावसायी कारबाही

धन बहादुर सिंजाली चितवन २ भदौ । जिल्ला प्रशासन चितवनले गरेको आदेश उल्लंघन गरी पसल खोल्ने १९ व्यावसायीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जवी शर्माको नेतृत्वमा निस्केको प्रहरी र सशस्त्र प्रहरीसहितको अनुगमन टोलीले १९ जनालाई नियन्त्रणमा लिएको हो । तोकिएको समयबाहेकका अरु  समयमा पसल सञ्चालन गर्ने जो कोहीलाई […]

जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा आलोपालोको व्यवस्था लागू

हेटौंडा ३२ साउन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई काम  तथा सेवा आलोपालोको व्यवस्था लागू गरेको छ । जिल्लामा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न फरक फरक मितिअनुसार सेवा प्रवाह गरी समय निर्धारण गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।

नि:शुल्क सामान किनबेच गर्न मिल्ने प्लटेफर्म: इन्टरनेटपसल डटकम

सबै सामान किन्न र बेच्न मिल्ने प्लटेफर्म इन्टरनेटपसल डटकम सार्वजनिक भएको छ । इन्टरनेटपसल  एउटा निःशुल्क अनलाइन प्लेटफर्म हो, जसबाट कुनैपनि नयाँ तथा पुरानो सामान किनबेच गर्न सकिन्छ । इन्टरनेटपसलमा आफ्नो नयाँ-पुरानो बाइक, कार, घर जग्गा, ल्यापटप, मोबाइल, फर्नीचर, इलेक्ट्रोनिक्स सामानको नि:शुल्क विज्ञापन गरी बिक्री गर्न मिल्छ। यस प्लटेफर्ममा व्यवसाय हुने अथवा नहुने सबैले आफ्नो […]