लगातार अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध

धन बहादुर सिंजाली नवलपुर १४ भदौ । लगातार अविरल वर्षापछि खसेको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड आज अवरुद्ध भएको छ । त्रिभुवन राजपथस्थित चिसापानी धारानजिक पहिरो जाँदा सो सडकखण्ड अवरुद्ध भएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिनुभयो । अहिले राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारी साधन लाइनमा […]
आज देशभर २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि संगै २४ को मृत्यु

धन बहादुर सिंजाली नवलपुर १३ भदौ । दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । आज देशभर पछिल्लो २४ घण्टामा १ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि संगै २४ को मृत्यु भएको छ । आज स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार २९७ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार […]
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट हराएका २४ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाए

धन बहादुर सिंजाली नवलपुर १२ भदौ । केहि महिना देखि हराई रहेको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट हराएका २० मोटरसाइकल र चार स्कुटर फेला पारेर शुक्रबार सम्बन्धित धनीलाई बुझाएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक […]
नेपाली सेनाको कार्यकालमा प्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त

धन बहादुर सिंजाली नवलपुर ११ भदौ । नेपाली सेनाको कार्यकालमा प्रधानसेनापति प्रभुराम शर्मा प्रधानसेनापतिमा नियुक्त भएका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको हो ।
हिजो देखि अविरल बर्षाको कारण नारायणी नदीले सतर्कताको तह पार,सतर्क रहन आग्रह

धन बहादुर सिन्जाली चितवन ११ भदौ । हिजो देखि अविरल बर्षाको कारण नारायणी नदीले सतर्कताको तह पार गरेसँगै चितवन प्रशासनले सर्वसाधरणलाई सतर्क रहन आग्रह गरेको छ । अहिले नारायणी नदीमा जलसतह बढेर ७ मिटरको सतर्कता तह पार गरेकाे छ र अहिले नदी ७.३३ को तहमा पुगेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
आज मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना

धन बहादुर सिन्जाली नवलपुर ११ भदौ । आज मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ । आज भीमफेदी गाउँपालिका–१ को सानुटार नजिक फलाम बोकेको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार सिन्धुलीका २८ वर्षीय भोजराज बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका […]
हिजो देखि लगातार पानी परेकोले चितवन नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो जाँदा हिजै देखि अवरुद्ध

धन बहादुर सिन्जाली नवलपुर ११ भदौ । हिजो देखि लगातार पानी परेकोले चितवन नारायणगढ-मुग्लिङ सडकखण्डमा पहिरो जाँदा हिजै देखि अवरुद्ध भएको सडक अझैसम्म खुलेको छैन । निरन्तरको वर्षाको कारण भरतपुर महानगरपालिका वडा नम्बर- २९ स्थित सेतिदोभान भन्ने स्थानमा ठुलो पहिरो गई दुईतर्फी बाटो बन्द भएको हो । अहिले बाटो खुलाउने प्रयास भैरहेको चितवन ट्राफिक प्रहरीले […]
भोलि देखि मातपोत कार्यालय चितवनले सेवा सुरु गर्ने

धन बहादुर सिंजाली चितवन १० भदौ । भोलि देखि मातपोत कार्यालय चितवनले सेवा सुरु गर्ने भएको छ । कार्यालयले विहीवार सुचना जारी गरी कोरोना महामारीका कारण भदौ एक गते देखि बन्द रहेको सो कार्यालय जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी शुक्रवार देखि खुल्ला गर्ने जनाएको हो ।
चितवन जिल्ला प्रशासन चितवनले गरेको आदेश उल्लंघन गरी पसल खोल्ने १९ व्यावसायी कारबाही

धन बहादुर सिंजाली चितवन २ भदौ । जिल्ला प्रशासन चितवनले गरेको आदेश उल्लंघन गरी पसल खोल्ने १९ व्यावसायीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जवी शर्माको नेतृत्वमा निस्केको प्रहरी र सशस्त्र प्रहरीसहितको अनुगमन टोलीले १९ जनालाई नियन्त्रणमा लिएको हो । तोकिएको समयबाहेकका अरु समयमा पसल सञ्चालन गर्ने जो कोहीलाई […]
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा आलोपालोको व्यवस्था लागू

हेटौंडा ३२ साउन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई काम तथा सेवा आलोपालोको व्यवस्था लागू गरेको छ । जिल्लामा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न फरक फरक मितिअनुसार सेवा प्रवाह गरी समय निर्धारण गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
