गण्डकी प्रदेशमा थप ४१० मा संक्रमण पुष्टि

नवलपुर २७ असार। पछिल्लो २४ घण्टामा कास्की जिल्लामा थप २१४ जना कोरोना सहित ४१० संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ्य निर्देशनालय पाेखराले जनाएको छ । गण्डकीमा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

अब सोमबार अमेरिकाले दिने १५ लाख डोज खोप नेपाल आइपुग्ने

नवलपुर २७ असार । अब अमेरिकी सरकारले दिएको कोभ्याक्स अन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ । उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो […]

आज चितवनमा मात्र कोरोना ३७ जना संक्रमणमुक्त हुँदा १११ जना थपिए

चितवन २६ असार । आज मात्रै  चितवनमा ३७ जना कोरोना संक्रमित निको भएका छन् । उपचाररत सक्रिय संक्रमितमध्ये एक हजार ३२३ जना होम आइसोलेसनमा रहेका उनले बताइन्। पब्लिक आइसोलेसनमा २६ जना र अस्पतालका आइसोलेसनमा १०१ जना सक्रिय संक्रमितको उपचार भइरहेको उनले बताइन्। यसैगरी आज पछिल्लो २४ घण्टामा चितवन जिल्लामा १११ जना नयाँ कोरोना संक्रमित थपिएका […]

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं २६ असार । आज देशभर पछिल्लो २४ घण्टामा थप २,१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १,४३२ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ ।

फेरि नवलपुरमा साउन ६ गते १२:०० सम्म निषेधाज्ञा ,सार्वजनिक यातायात र होटल संचालन गर्न पाईने

नवलपुर २५ असार । पूर्वी नवलपरासीमा निषेधआज्ञा साउन ६ गते१२:०० सम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले जानकारी दिएको छ । पहिला देखि निषेधाज्ञामा निजी दुईपांग्रे र चार पांग्रे सवारी साधन चलाउन पाउने यस अघिको निर्णयलाई नै यथावत गरिएको छ । यस्तै तीनपाग्रें टेप्पो भने रुट परमिटको आधारमा तोकिएको क्षेत्रमा मात्र संचालन गर्न पाउने […]

आज देशभर २,२३९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं २५ असार । आज देशभर पछिल्लो २४ घण्टामा २,२३९ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १,३१६ जना कोरोना संक्रमित निको भएर छ ।

आज देशभर थपिए १,८७५ कोरोना संक्रमित, २९ जनाको मृत्यु

काठमाडौं २४ असार । आज  पछिल्लो देशभर २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका छन् ।

आज देशभर थपिए २,९७९ सङ्क्रमित, २८ जनाको निधन

काठमाडौँ २३ असार । नेपालमा पछिल्लो २४ घन्टामा २,९७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १,३३३ संक्रमित सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २८ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । नेपालमा हालसम्म कोरोना निको हुनेको सङ्ख्या छ लाख १४ हजार ३२७ पुगेको छ । हालसम्म […]

आज देशभर थपिए २,६२२ कोरोना संक्रमित,२,२११ जना निको

काठमाडौं २१ असार । आज पछिल्लो २४ घण्टामा थप २,६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ भने २,२११ जना निको भएका छन् । प्रदेश १ मा ४१०, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ८५६ जना संक्रमित थपिएका छन् । यसैगरी गण्डकीमा २४८, लुम्बिनीमा […]

आज देशभर थप २,३२८ जनामा कोरोना संक्रमण

काठमाडौं १९ असार। आज देशभर पछिल्लो २४ घण्टामा थप २,३२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आजको पछिल्लो २४ घण्टामा ३,०६६ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १९ जनाको मृत्यु भएको छ ।