रबि लामिछानेको नयाँ पार्टीको चुनाव चिन्ह ‘घण्टी’

काठमाडौं, असार ७ । रवि लामिछानेले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह सार्वजनिक गरेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका लामिछानेले पार्टीको चुनाव चिन्ह ‘घण्टी’ सार्वजनिक गरेका हुन् । उनले यो भ्रष्टाचारीहरुको मन र मस्तिष्कमा बजाउने सुशासनको घण्टी रहेको बताएका छन् ।

रवि लामिछानेद्वारा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा

काठमाडौं, असार ७ । पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् । लामिछानेले आज राजनीति यात्राको पहिलो पाइला भएको बताएका छन् । उनले आफ्नो पार्टी अन्य पुराना पार्टीहरुभन्दा फरक रहेको दाबी गरेका छन् । आजै निर्वाचन आयोगमा दल दर्ता गर्ने उनको […]

राप्रपाको केन्द्रीय कार्यसमिति बैठक स्थगित

काठमाडौ । राप्रपाको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक गरिने यसअघि तय भएकोमा स्थगित गरिएको हो। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताए । अर्को मिति तय गरेर बैठक बोलाइने राप्रपाले जनाएको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिए

झेरीखण्डे टेलिभिजन  काठमाडौं ३ असार  । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोधका बीच प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७९ राष्ट्रिय सभामा पेश गरिएको छ । बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यही असार ९ र १० गते मन्त्रीहरुले जवाफ दिने ६, ७ र ८ गते त्यस विषयमा बैठकमा छलफल हुने घोषणा गरेका छन् । राष्ट्रियसभाको अर्को बैठक […]

एसपीपी ओलीले नै अगाडि बढाउनुभएको हो : बामदेव गौतम

काठमाडौं । राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नै अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अघि बढाउने काम गरेको बताएका छन्। यो कार्यक्रम सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको हो भन्ने कुरा संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीका रूपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको उनले बताए। […]

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बैठक बस्ने भएको हो । आजको बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय छन् ।

कांग्रेसका आशलाग्दा युवाहरु जसपामा, कांग्रेसलाई झट्का

वीरगञ्ज, २८ जेठ । नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गर्दै सयौँ जना जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर – ८ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका उपाध्यक्ष रविन्द्र ठाकुर, क्षेत्रीय प्रतिनिधी विशोरी प्रसाद पटेल, अशोक सर्राफ, एमालेका सफल कुमार साह, मनोज क्षेत्री, राकेश […]

सुर्खेतको जिससमा एमाले र माओवादी तालमेल

वीरेन्द्रनगर, जेठ २८ । जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले तालमेल गरेर नेतृत्व चयन गरेका छन्। जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा नेकपा (एमाले) का गङ्गाराम सुनार निर्वाचित भएका छन्। त्यस्तै, उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का सचिनकुमार बडुवाल निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यका अनुसार एमाले र माओवादीको […]

धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध

धनुषा, जेठ २६ । जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका छन् । बुधबार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेको थियो । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित भइन् । यस्तै सदस्यमा ईश्वरीप्रसाद शर्मा, […]

एमएनओ – डिजिजिका प्रेसिडेन्ट वीरलाल वालाहाङसहित २९ जना संघीय सदस्य निष्कासन

काठमाडौ । मंगोल नेशनल अर्गनाइजेशन – गोपाल गुरुङ संगठनका प्रेसिडेन्ट वीरलाल वालाहाङ राईसहित २९ जना संघीय सदस्यहरुलाई साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरेका छन । संगठनका तात्काकिन संयोजक वीरलाल वालाहाङले संगठनका बिधान बिपरित तानाशाह प्रवृत्तिमा संगठन चलाएको जस्ता संयौं आरोप लागेको छ । वीरलाल लगायत उनका पक्षका नेताहरुले बिधान बिपरित र आर्थिक हिनामिना गरेको आरोपमा […]