अन्तमा प्रचण्डको लाइनमा आयाे राजेन्द्र लिङ्देनकाे राप्रपा

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा अन्तत: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको लाइनमा उभिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको गर्दै प्रत्यक्ष कार्यकारीको एजेन्डा अघि सारेको हो । नेकपाका अध्यक्षसमेत रहेका प्रचण्डले प्रत्यक्ष कार्यकारी रास्ट्रपति या प्रधानमन्त्री हुनुपर्ने एजेन्डा पटक पटक उठाइरहेको बेला लिङ्देन र प्रचण्डको एजेन्डा ठ्याक्कै मिलेको छ […]
शालिक राखेर राजा फर्कने होइन : कमल थापा

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालगन्जमा राजा वीरेन्द्रको शालिक राख्न राज्यले गरेको अवरोधमा आपत्ति जनाएका छन् । बिहीबार सामाजिक सञ्जाल ट्विटरमा उनले शालिक तोडफोड गर्नु गलत भएको बताएका छन् । थापाले भनेका छन् ‘आन्दोलनको रापतापमा राजालगायत विपी, भानुभक्तसमेतको शालिक तोडफोड गरियो । त्यो गलत थियो । नेपालगञ्जमा जहाँ पहिले राजा वीरेन्द्रको शालिक थियो, […]
राप्रपा नेपाल वाग्मती प्रदेश अध्यक्षमा खत्री

काठमाडौं, १९ । राप्रपा नेपाल वाग्मती प्रदेश अध्यक्षको जिम्मेवारी माधव खत्रीले पाएका छन् । पार्टी अध्यक्ष कमल थापाले हेटौँडामा जारी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाका क्रममा उनलाई उक्त जिम्मेवारी दिएका हुन् । अध्यक्ष थापाले खत्रीलाई जिम्मेवारी दिँदै बधाई सहित शुभकामना पनि दिएका छन् । खत्री यसअघि पार्टीको भक्तपुर जिल्ला अध्यक्ष थिए । उनी विद्यार्थीकालदेखि नै राजनीतिमा […]
पूर्वाधारको क्षेत्रमा विकास गर्न सकिए चीन र भारतबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिन्छ : बिनोद चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य, सांसद तथा उद्योगपति विनोद चौधरीले भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन सकिने बताएका बताएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले पूर्वाधारको क्षेत्रमा विकास गर्न सकिएमा भारत र चीनबाट वार्षिक ५० लाख पर्यटक भित्र्याउन […]
एमालेलाई जस्तै काँग्रेसलाई पनि ठेगान लगाउने दिन नआओस् : अध्यक्ष प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा पाएको सफलताले नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन्। साथै उनले ‘एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउनु नपरोस्’ भन्दै चेतावनी पनि दिएका छन्। आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै उनले थपे, ‘कांग्रेसले माओवादीलाई हल्का रुपमा लिने काम […]
गैंडाकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका मदनभक्त अधिकारी निर्वाचित

झेरीखण्डे टेलिभिजन गैंडाकोट ४ जेठ । गैंडाकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका मदनभक्त अधिकारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार छत्रराज पौडेललाई २८४९ मतान्तरले पछि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १६४५५ मत प्राप्त गरे भने पौडेलले १३६०६ मत मात्रै प्राप्त गरेका छन् । २०७४ को स्थानीय निर्वाचनमा एमालेका पौडेलले नेपाली कांग्रेसलाई पछी […]
बुलिङटार गाउँपालिकामा पराजित अध्यक्षको संयोजकमा छायाँ सरकार गठन

मेरो नवलपुर नवलपुर ३ जेठ । नवलपुरको बुलिङटार गाउँपालिकामा नेपाली कांग्रेसबाट पराजित अध्यक्ष शशिकिरण बास्ताकोटीको संयोजकमा छाँया सरकार गठन गरेको छ । छाँया सरकार गठनमा सदस्यहरुमा उपाध्यक्ष, वडाध्यक्ष र पालिकाका सभापति रहेका छन । नेपाली कांग्रेस बुलिङटार गाउँपालिकामा उपाध्यक्षसहित वडा नम्बर क्रमश: १,२,३,४ र ६ वडामा कांग्रेसको प्यानलनै बिजयी भएका छन । भने, वडा नन्बर […]
गैंडाकोट नगरपालिका वडा नं १४ को वडाध्यक्षमा नेकपा एमालेकी कोकीसरा राना मगर विजयी

मेरो नवलपुर गैंडाकोट ३ जेठ । गैंडाकोट नगरपालिका वडा नं १४ को वडाध्यक्षमा नेकपा एमालेकी कोकीसरा राना मगर विजयी हुनुभएको छ । उहाँले १०३१ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दि नेपाली काँग्रेसका उम्मेदवार महाश्रम न्यौपानेले ९१८ मत प्राप्त गर्नुभएको थियो । यो वडामा कुल २०३६ मत खसेको थियो । कोकीसरा रानामगर यस […]
नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी

धन बहादुर सिन्जाली बुलिङ्ग्टार २ जेठ । नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।बुलिङटार गाउँपालिकालाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, […]
घोराही कारागारबार फरार कैदी नाइके यमराज परियार ३२ दिनपछि पक्राउ

जगत ठाडा मगर बुटवल,१० माघ । दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । कारागार नाइके समेत रहेका २९ बर्षीय परियारलाई भागेको ३२ दिनपछि प्रहरीले नेपाल–भारत सिमावर्ती क्षेत्र बाँकेको जमुनहा नाकाबाट पक्राउ गरे । पक्राउ परेका कैदी परियारलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको […]