मधाब नेपालले नयाँ पार्टीको नाम अब ‘नेकपा एकीकृत समाजवादी’ रहने

धन बहादुर सिन्जाली  काठमाडौँ ४ भदौ । मधाब नेपालले नयाँ पार्टी दर्ता नेकपा एमाले समाजवादी नाम राखिएको पार्टीको नाम अब ‘नेकपा एकीकृत समाजवादी’ रहने भएको छ । एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि नयाँ नाम प्रस्ताव गरिएको हो । राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् । यसअघि नेपालले प्रस्ताव गरेको […]

आज नवलपुरमा ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको ज्यान गए

धन बहादुर सिंजाली  नवलपुर ३ भदौ । आज कावासोती नगरपालिका स्थित खरकट्टा जंगलमा मोटरसाइकल र ट्रक  एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको छ । ठक्कर बाट  मध्यविन्दु नगरपालिका वाड नं -३ का २१ वर्षीय अमर अधिकारीको ज्यान गएको छ । पुर्व-पश्चिम राजमार्सग खण्डको कावासोती नगरपालिका वाड नं- २ स्थित खरकट्टा जंगलमा पूर्वबाट पश्चिम तर्फ आउदै […]

नेपालको इतिहासमै पहिलो पटक महिला मुख्यमन्त्री बन्ने सौभाग्य अष्टलक्ष्मी शाक्य नियुक्ति

काठमाडौं ३ भदौ । नेपालको इतिहासमै पहिलो पटक महिला मुख्यमन्त्री बन्ने सौभाग्य अष्टलक्ष्मी शाक्यले पाउनु भएको छ । नेकपा एमाले विधिवत् रुपमा विभाजित हुँदा संस्थापन पक्ष एमाले नै रोजेपछि शाक्यलाई मुख्यमन्त्री बन्ने अबसर जुरेको थियो  । उहाँले बुधबार राति नै बागमति प्रदेशका प्रमुख विष्णु प्रसाईँबाट नियुक्ति पाउनु भएको छ । को हुन् अष्टलक्ष्मी शाक्य ? […]

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाइए

काठमाडौँ  २ भदौ ।  नेकपा एमाले(समाजवादी)का संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै नेपालले एमाले फुटाएर एमाले समाजवादी गठन गरेका हुन। नयाँ पार्टी दर्ता भएसँगै नेपालको सुरक्षा बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै महानगरीय प्रहरीको तर्फबाट एउटा गाडीसहित […]

प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई

काठमाडौं ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत पाउनेवित्तिकै मोदीले ट्वीटर मार्फत देउवालाई बधाई दिएका हुन् । उनले प्रधानमन्त्री देउवालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

आज बसेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय

काठमाडौं ३ साउन । आज बसेको  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।प्रतिनिधिसभामा माओवादी केन्द्रका ४८ जना सांसद छन् ।

गण्डकी प्रदेशका मुख्य मन्त्री पहिलोपटक आज नवलपुर आउदै

नवलपुर ३ साउन । मन्त्री भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपाली आज पहिलोपटक नवलपुर आउदैछन । केही समय अघिनै नवलपुर आउने कार्यक्रम रहेकोमा बर्षाको कारणले मुग्लिङ नारायणगढ खण्ड अबरुद्द हुदा स्थगित रहेको थियो नवलपुर आए पछि उनको कार्यक्रम समय तालिका तपशिल बमोजिम रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। कार्यक्रम समय तालिका पहिलो दिन (०७८/०४/०३) गते […]

नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने

काठमाडौं २ साउन । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक दलको बैठक बस्न लागेको हो । आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारको सरकारी निवासमा सर्दै

काठमाडौं १ साउन ।आज  प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ । मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका छन् ।

नवनिर्वाचित प्रधानमन्त्रीले आगामी चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने

नवलपुर ३१ असार ।  नवनिर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी चैतसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको छ । वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले चैतसम्म सबै नागरिकलाई खोप उपलब्ध गराउने पहिलो निर्णय गरेको हो ।