बालुवाटारको एक भवनमा आगलागी, आगो निभाउन ५ वटा दमकल परिचालन

काठमाडौं, असार १५ । काठमाडौंको बालुवाटारमा आगलागी भएको छ । बालुवाटारमा रहेको सुनौलो परिवार नेपाल कार्यालयको भवनमा आगलागी भएको हो । बिहानैदेखि आगलागी भएपनि के कारणले आगलागी भयो भन्ने खुलेको छैन । आगो सुनौलो परिवार नेपालको स्टोरबाट सल्किएको थियो । ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज […]

बाढीले नारायणगढ-बुटवल सडकखण्डअन्तर्गत तीन डाइभर्सन बगाउदा सडक अबरुद्ध

नवलपुर, असार १५ । अविरल बर्षासगै आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड अबरुद्ध भएको छ । आज विहान ६ बजे विनयीत्रिवेणी गाँउपालिका – १ स्थित जमुने खहरे खोला, मध्यविन्दु नगरपालिका १० स्थित ठूलो खहरे र सानो खहरे खोलामा पुल निर्माणका लागि बनाइएका तीनवटा डाइभर्सन बगाउँदा सडकखण्ड अबरुद्ध भएको हो । अहिले पूर्वपश्चिम राजमार्गको दुवैतर्फको […]

चितवनमा खोलाले बगाएर एक महिलाको मृत्युु

चितवन, असार १४ । चितवनमा खोलाले बगाएर एक महिलाको मृत्युु भएको छ । चितवनको रत्ननगर नगरपालिका – १४ माधबपुर घर भई हाल खैरहनी नगरपालिका – १ साहीचोक बस्दै आएकी अन्दाजी ३४ वर्षीय कल्पना श्रेष्ठ रिजालको खोलाले बगाएर मृत्यु भएको हो । सोमबार दिउँसो करिब सवा ३ बजेको समयमा चितवनको खैरहनी नगरपालिका – ६ तुल्सीपुरस्थित लदरी […]

नवलपुरको क्षेत्र नं २ बाट चुनाव लड्ने काँग्रेस युवा नेता शंकर तिवारीको घोषणा

नवलपुर, असार १४ । नेपाली काँग्रेसका युवा नेता शंकर तिवारीले आगामी संघीय निर्वाचनमा नवलपुर क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेका छन् । उक्त क्षेत्रका स्थानीय नेता तथा कार्यकर्ताको सल्लाह अनुसार आफ्नो उम्मेदवारी दाबी रहेको तिवारीले जानकारी दिए । उनले भने ‘प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संवादमा आउनु भएका बुङदी काली, कावासोती, मध्यबिन्दु, हुप्सेकोट हुँदै […]

लिभिङ स्टोन स्कुलको अर्को काण्ड बाहिरियो, कमजोरी ढाक्न आन्तरिक भेटघाट

काठमाडौं । नेपालमा विभिन्न देशहरुबाट विदेशीहरु विभिन्न भिसामा नेपाल आउने गरेका छन् । कतिपय विदेशीहरु घुम्नका लागि आउँछन् भने कोहीको उदेश्य भने अलि अरु भन्दा फरक हुन्छ । नेपालमा कोरियन र अमेरिकी नागरिकहरुको भित्रिनेको संख्या भने अरु भन्दा बढदो छ । नेपाल सरकारले विदेशीहरुको नेपाल आउनु पछाडीको उदेश्यबारे गम्भिर नहुँदा सजिलै नेपाल प्रवेश गर्ने विशेष […]

तनहुँ ऋिसिङका एक जना २२ दिनदेखि बेपत्ता, खोजी गर्न परिवारको आग्रह

नवलपुर । तनहुँबाट एक जना मानिस हराएको छ । हराउनेमा ऋिसिङ गाउँपालिका – ५ का तनहुँ दमौली प्रभु बैक शाखामा कार्यरत बर्ष ३१ का राम बहादुर श्रेष्ठ रहेका छन । ऋिसिङ गाउँपालिका – ६ स्थायी घर भएपनि रोजगारीको शिलशिलामा तनहुँ दमौली झापुटार बस्दै आएका उनि गत जेष्ठ २२ गते राति ११ बजेदेखि हराए रहेको परिवारले […]

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

चितवन । वर्षासँगै लेदो झरेर अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहाज २:४५ बजे भरतपुर २९ खहरेखोलामा सडक माथिबाट लेदो झरेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो। लेदो हटाएर आज बिहान ५:१० बजे दुइतर्फी पुनः सञ्चालन गरिएको सडकमा पुन ६:१० बजे लेदो झरेपछि एकतर्फी भएको थियो । […]

बंगलादेशको गौरवमा जोडिए जो नेपाली इन्जिनियर

काठमाडौ । झट्ट हेर्दा समुद्रमाथि पुल बनेजस्तो देखिन्छ। डबर डेकर पुलमा दुई डेक (तला) मा चार लेनको हाइवे छ। तल्लो डेकमा रेलवेको एक लाइन छ। दक्षिण एसियाकै यो नमुना पुल भएर दैनिक २४ हजारभन्दा बढी सवारी साधन वारपार गर्छन्। तल रेल गुडेको देख्न सकिनेछ। यो दृश्य हो बंगलादेशको गंगा-जमुना नदीमाथि बनेको पुलको। विश्वको ध्यान तानिरहेको […]

एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक बस्दै

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् बैठक आज पनि बस्दैछ । बैठक सोमबारदेखि सुरु भएको हो । अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि मंगलबार छलफल हुनेछ । बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए । अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि […]

मनसुनी वायुको प्रभावले विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं, असार १४ । मनसुनी वायुको प्रभावले आज देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहि बाँकी प्रदेशमा आँशिकदेखि सामान्य बदली रहेको छ। कर्णाली र मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका […]