नेकपा एमाले झापा अध्यक्षको घर अगाडी शङ्कास्पद वस्तु

झापा । नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ । उनको घरमा आज बिहान ५ः३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेको अध्यक्ष कार्कीले बताए । शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब […]
भरतपुरमा आजदेखि भोलिसम्म दिनभर विद्युत् अवरुद्ध

चितवन । भरतपुर महानगरपालिका विभिन्न स्थानमा दुई दिन दिनभर विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले जारी गरेको सूचनामा असार १० गते आज र ११ गते भोलि दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिइएको छ । प्राधिकरणले बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म विभिन्न फिडरहरुमा लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण भरतपुर […]
राष्ट्रिय सभा बैठक आज दिउँसो १ बजे बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ। दिउँसो १ बजे बैठक बस्ने राष्ट्रिय सभा सचिवालयले जनाएको छ। बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०७९, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ र ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक, २०७९ टेबुल गर्ने कार्यसूची रहेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले […]
रामायण सर्किट रेल जनकपुरधाम आइपुग्यो

जनकपुर, असार ९ । भारतको रामायाण सर्किट रेल बिहीबार अपरान्ह जनकपुरधाम आइपुगेको छ । करिब ५ सय धार्मिक पर्यटक बोकेर रेल जनकपुरधाम आइपुगेको हो । रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गरे । रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ अयोध्या, बनारस, प्रयागराज, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुगेको […]
काठमाडौको बूढानीलकण्ठमा एक महिला मृत फेला, हत्याको आशंका

काठमाडौं, असार ९ । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–८, भंगालमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । बूढानीलकण्ठ–३ घर भएकी ४० वर्षीय फूलमाया सुनारको भंगालस्थित एक निर्माणाधीन घरमा शव फेला परेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । उनको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ । प्रहरीका अनुसार […]
सप्तरीमा यात्रुबाहक बस पल्टिँदा एकको मृत्यु, ११ जना घाइते

सप्तरी, असार ९ । सप्तरीमा बिहीबार बिहान यात्रुबाहक बस पल्टिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । विराटनगरबाट भिमानतर्फ जाँदै गरेको ना ५ ख १८९८ नम्बरको यात्रुबाहक बस सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका – १ स्थित भारदह–कोसी ब्यारेज खण्डमा बिहीबार बिहान पल्टिँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा […]
लाहान प्रादेशिक अस्पतालका ना.सु पक्राउ

सिराहा । अभद्र व्यवहार गरेको आरोपमा लहान अस्पतालका एक कर्मचारी पक्राउ परेका छन । पक्राउ पर्नेमा प्रादेशिक अस्पताल लाहानमा कार्यरत नायक सुब्बा बासुदेव महत्तो रहेको छ । उमलाई बुधबार सेवा लिने क्रममा सेवाग्राहीलाई नेपालीमा अश्लील गाली गरेको आरोपमा पक्राउ गरेको सिरहा प्रहरीले जानकारी दिएको छ । सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले ना.सु महतोलाई गुनासो […]
मायण सर्किट जोड्ने रेल आज दिउँसो जनकपुरधाम आउदै, मुख्यमन्त्री राउतले स्वागत गर्ने

जनकपुरधाम । आज जनकपुरधाम आउन लागेको भारत- नेपाल जोड्ने पहिलो ‘भारत गौरव पर्यटक रेल’लाई मधेसका मुख्यमन्त्री लालबाबु राउतले स्वागत गर्ने भएका छन् । रेल मंगलबार साँझ करिब ७ बजे नयाँ दिल्लीबाट जनकपुरधामका लागि छुटेको थियो । उक्त रेल आज जनकपुरधाम आइपुग्नेछ । जनकपुरधामस्थित रेल्वे स्टेशनमा मुख्यमन्त्री राउतले दिउँसो १ बजे भव्य स्वागत गर्नेछन् । स्वागत […]
नेपाल प्रहरीका १७ एसएसपीलाई डीआईजीमा बढुवाका लागि सिफारिश

काठमाडौं, असार ९ । नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिश गरिएको छ। गृह मन्त्रालयको बढुवा सिफारिश समितिको बैठकले उनीहरूलाई डीआईजीमा बढुवाका लागि सिफारिश गरेको हो। बढुवा सिफारिशको पहिलो नम्बरमा वसन्तबहादुर कुँवर छन्। दोस्रो नम्बरमा टेकप्रसाद राई र तेस्रो नम्बरमा अशोक सिंह छन्। त्यस्तै, दीपक थापा, […]
कास्की केन्द्र बिन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प

पोखरा,असार ९ । पोखरामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ ।

