पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध

चितवन, जेठ २६ । वर्षासँगै खसेको पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना-६ तोपेखोलास्थित नाम्सी पुलमा पहिरो खसेर गए रातिदेखि नै सडक अवरुद्ध भएको चितवन प्रहरी प्रवक्ता डिएसपी नरहरि अधिकारीले जानकारी दिए । अहिले पहिरो हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको उनले बताए । मुग्लिन-नौबिसे सडकमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको […]
धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध

धनुषा, जेठ २६ । जिल्ला समन्वय समिति धनुषामा नेपाली कांग्रेसको प्यानल निर्विरोध चयन भएको छ । समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित भएका छन् । बुधबार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेको थियो । धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलका अनुसार जिसस उपप्रमुखमा सङ्गीतादेवी ठाकुर निर्वाचित भइन् । यस्तै सदस्यमा ईश्वरीप्रसाद शर्मा, […]
चितवनमा जन्ती सवार बस दुर्घटना

चितवन, जेठ २५ । चितवनमा जन्ती सवार बस दुर्घटनामा परेको छ । रत्ननगर नगरपालिका टाँडी स्थित लौरी घोलमा बस दुर्घटनामा परेको हो । रत्ननगरको हरिहर मन्दिरमा विवाह सकेर जन्ती लिएर खैरहनीतर्फ फर्कदै गरेको ना ५ ख ६४३ बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । दुर्घटनामा चार÷पाँच जना घाइते भएको र उनीहरुलाई […]
बर्दिया गोली काण्ड : प्रहरीलाई कारबाही गर्ने सहमति, नविना चौधरीको सालिक पनि बनाइने

बर्दिया । बर्दियाको मधुवन नगरपालिका स्थित ओराली बजारमा प्रहरीको गोली लागेर सोमबार नविना थारुको मृत्यु भयो। उनको शव गुलरिया अस्पतालमा राखिएको छ। बाघ आतंक नियन्त्रणको माग राखेर प्रदर्शन गर्दा भएको प्रहरी दमनबारे स्थानीय प्रशासनसँग सर्वपक्षीयरुपमा ५ बुँदे सहमति भएको छ। तर, सो सहमति मृतकका परिवारले अस्वीकार गरेका छन्। पीडित परिवारलाई तत्काल राहत दिने, घटनाबारे न्यायिक […]
यिनै हुन प्रहरीको अश्रुग्यास र गोली प्रहारबाट मृत्यु भएकी नबिना चौधरी

बर्दिया । बर्दियाको मधुवन नगरपालिकाको ओराली बजारमा वन्यजन्तु पीडित स्थानिय प्रदर्शनकारी माथी प्रहरीद्वारा हस्तक्षेप गरि अश्रुग्यास र गोली प्रहारबाट मृत्यु भएकी नविना चौधरीको मृत्युले निशब्द बनाएको छ । २०७९ जेठ २३ गते कक्षा १२ को परीक्षा सकेर घर फर्कदै थिइन् उनी । बर्दिया जिल्लामा निरन्तर रुपमा बाघको आक्रमणबाट स्थानीय बासिले ज्यान गुमाउनु परेको छ । […]
असार १ गतेदेखि मतदाता नामावली संकलन

काठमाडौं । निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य शुरू गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सो अद्यावधिक गर्न लागिएको आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले बताउनुभयो । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन […]
संसद बैठकको आजको सम्भावित कार्यसूची यस्तो छ

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको संघीय संसद सचिवालयले जनाएको छ । विनियोजन विधेयक, २०७९ का विभिन्न शीर्षकहरुमाथिको छलफल आज पनि जारी रहने संसद सचिवालयले जानकारी दिएको छ ।
नवलपरासीमा कार्यरत पत्रकार रुखबाट लडेर मृत्यु

नवलपरासी । नवलपरासीमा कार्यरत एक जना पत्रकार घाँस काट्ने क्रममा रूखबाट लडेर मृत्यु भएको छ। ज्यान गुमाउनेमा धुर्कोट गाउँपालिका – ४ जैसीथोक निवासी ३४ वर्षीय राजु भनेर चिनिने घनश्याम पोख्रेलको मंगलबार मृत्यु भएको हो। पोखरेल गाउँमा जादा आफ्नो घरभन्दा केही तल दिउँसो २ बजे घाँस काट्ने क्रममा आँपको रूखबाट लडेर घाईते भएका थिए । उनलाई […]
चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

चितवन, जेठ २४ । चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरा नजिक घैलाघारी मध्यवर्ती सामुदायिक वनमा मंगलबार दिउँसो बाघको आक्रमणमा परेकी भरतपुर महानगरपालिमा-२३ घैलाघारीकी अन्दाजी ५० वर्षीया मंगली बोटेको ज्यान गएको हो । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नरहरी अधिकारीका अनुसार बोटे अन्य तीन जना साथीहरूसँग निउरोको […]
नवलपरासीमा आफ्नै काकीलाई दिउँसै गोली चलाउने हंसराज सुनवल वन्कट्टीबाट पक्राउ

नवलपरासी । नवलपरासीको सदरमुकाम परासीमा सोमबार दिउँसै गोली हान्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरावल गाउँपालिका–४ मंगलापुरका २८ वर्षिय हंसराम यादव रहेका छन्। हिजो सोमबार जिल्ला अदालतबाट करिब ५० मिटर पूर्वमा पर्ने व्यस्त सडकमा सोमबार दिउँसो आफ्नै ३४ वर्षिय काकी रोशनी यादवलाई गोली प्रहार गरेका थिए । हंसरामका बाबु र काकीबीच अदालतमा अंश […]

