हिजो देखि अविरल बर्षाको कारण नारायणी नदीले सतर्कताको तह पार,सतर्क रहन आग्रह

धन बहादुर सिन्जाली चितवन ११ भदौ । हिजो देखि अविरल बर्षाको कारण नारायणी नदीले सतर्कताको तह पार गरेसँगै चितवन प्रशासनले सर्वसाधरणलाई सतर्क रहन आग्रह गरेको छ । अहिले नारायणी नदीमा जलसतह बढेर ७ मिटरको सतर्कता तह पार गरेकाे छ र अहिले नदी ७.३३ को तहमा पुगेको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।
भोलि देखि मातपोत कार्यालय चितवनले सेवा सुरु गर्ने

धन बहादुर सिंजाली चितवन १० भदौ । भोलि देखि मातपोत कार्यालय चितवनले सेवा सुरु गर्ने भएको छ । कार्यालयले विहीवार सुचना जारी गरी कोरोना महामारीका कारण भदौ एक गते देखि बन्द रहेको सो कार्यालय जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी शुक्रवार देखि खुल्ला गर्ने जनाएको हो ।
श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार १४ गते सार्वजनिक बिदा दिने निर्णय

धन बहादुर सिंजाली नवलपुर १० भदौ। श्रीकृष्ण जन्माष्टमी परेकाले आउँदो सोमबार (१४) गते सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।
तीन दिन सम्म देशभर भारी वर्षा हुने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाए

धन बहादुर सिंजाली नवलपुर १० भदौ । अब तीन दिन सम्म देशभर भारी वर्षा हुने सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहीबार जारी गरेको एक विज्ञप्तिअनुसार विभागले बिहीबारदेखि भदौ १२ गतेसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ । हाल मनसुनको न्युन चापीय रेखा […]
मानुषी लघुवित्तको प्राथमिक सेयर (IPO) आज सोमबार बिहान बाँडफाँड हुँदै

धन बहादुर सिंजाली काठमाडौं ७ भदौ । मानुषी लघुवित्तको प्राथमिक सेयर (IPO) आज सोमबार बिहान बाँडफाँड हुँदै छ । बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङका अनुसार बिहान साढे ८ बजे आइपिओ बाँडफाँड गरिनेछ। आइपिओमा २३ लाख बढीले आवेदन दिएका छन् । धेरैको हात्त रित्तो हुने भएको छ । जम्मा ३६ हजार ८५९ जनाले १० कित्ताका दरले […]
आज बिहान् उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प

नवलपुर २८ साउन । आज बिहान् उदयपुरको पोखरी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः५४ बजे ४.३ रेक्टर स्केलको भूकम्प गएको हो । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले २०७२ बैशाख १२ गतेको गोरखा भूकम्पको पराकम्प हो अथवा नयाँ भूकम्प हो भन्ने बारेमा अनुसन्धान भइरहेको […]
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ १३ साउन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । साताको चौथो दिन सुन तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाला सुन ९२ हजार १०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ कायम भएको छ । आज […]
आज सुनको मुल्य तीन सयले घटेको

काठमाडौं १२ साउन । स्थानीय बजारमा सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ३०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको हो । छापावाला सुन पनि प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यता चाँदीको मूल्य भने तोलामा स्थिर भएको छ ।
हिजो पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं १२ साउन । हिजो पछिल्लो २४ घण्टामा ३,४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने १,६८६ जनाको निको भएको छ । यस्तै सोमबार २५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि प्रहरी र सैनिक अस्पतालमा गएर खोप लगाउन दिने

काठमाडौं ११ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने श्रमिक र विद्यार्थीका लागि कोभिड–१९ विरुद्धको खोप लगाउन काठमाडौं उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ । मन्त्रालयले काठमाडौं उपत्यकाको खोप केन्द्रबारे सूचना जारी गर्दै काठमाडौं उपत्यकाको हकमा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर उनीहरुले खाप लगाउन सकिने जानकारी गराएको हो ।