आ.ब. २०८२/०८३ को बजेट तर्जुमा पूर्वतयारी सम्बन्धी स्थानीय तहहरूसँगको छलफल कार्यक्रम सम्पन्न

बुलिङटार १६ चैत । बुलिङटार गाउँपालिकाको निमन्त्रणामा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयद्वारा आयोजना गरिएको आ.ब. २०८२/०८३ को बजेट तर्जुमा पूर्वतयारी सम्बन्धी स्थानीय तहहरूसँगको छलफल कार्यक्रम नवलपुर जिल्लाको बुलिङ्टार गाउँपालिका–६ स्थित शिव माध्यमिक विद्यालयको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा गण्डकी प्रदेश आर्थिक मामिला मन्त्री माननीय डा.टक राज गुरुङको अध्यक्षता रहेको थियो । छलफल […]
गैँडाकोट स्थित महेशखोलामा चट्याङ लागेर एक पुरुष घाइते

गैँडाकोट १५ चैत । कालीगण्डकी करिडोर अन्तर्गत नवलपुरको गैँडाकोट स्थित महेशखोलामा चट्याङ लागेर एक पुरुष घाइते भएका छन् । घाइते हुनेमा धादिङ थाक्रे गाउँपालिका वडा नं. ४ स्थायी घर भै हाल गैँडाकोट ३ वस्ने ३३ वर्षका मिलन गिरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । काष्ठमण्डप कन्ष्ट्रकसन प्रा.लि.को ट्याक्टर चालक रहेका उनलाई हिजो साँझ […]
डाँडाझेरी खेलकुद समितिले दोस्रो वडा अध्यक्ष काप-२०८२ सम्पन्न

बुलिङटार १४ चैत । डाँडाझेरी खेलकुद समितिले दोस्रो वडा अध्यक्ष काप-२०८२ सम्पन्न गरिएको छ । डाँडाझरी खेलकुद समितिको आयोजनामा यहि बैशाख १२ र १३ गते सम्म दोस्रो वडा अध्यक्ष काप खुल्ला पुरुष भलिबाल खेल संचालन गरिएको थियो । प्रतियोगितामा बुलिङटार वडा नं -२ अन्तरगतका गाउँ टोल भलिबल खेलमा सहभागी भएको थियो । त्यस खेलमा […]
गैँडाकोटमा शनिवार जिपको छतबाट खसेर गम्भिर घाइते भएका २२ वर्षका युवकको उपचारको क्रममा मृत्यु

बुलिङटार १४ चैत । नवलपुरको गैँडाकोटमा शनिवार जिपको छतबाट खसेर गम्भिर घाइते भएका २२ वर्षका युवकको उपचारको क्रममा ज्यान गएको छ । गैँडाकोटको दमारबाट नवलपुरको बुलिङटार जाँदै गरेको लु १ ज ४८०४ नम्बरको जिपको छतबाट खसेर गम्भिर घाइते भएका बुलिङटार गाउपालिका वडा नं. १ बस्ने २२ वर्षका मिनबहादुर रानाभाटको उपचारको क्रममा काठमान्डौमा आज बिहान मृत्यु […]
नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरको अध्यक्षमा बेल बहादुर सारु मगर

नवलपुर १४ चैत । नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरको अध्यक्षमा बेल बहादुर सारु मगर निर्वाचित हुनुभएको छ । नेपाल मगर सङ्घको १३औं जिल्ला अधिवेशनबाट बेल बहादुर सारु मगर अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष पदमा निर्वाचन भएको थियो भने अन्य पदमा भने सर्वसम्मत रुपबाट नेतृत्व चयन गरिएको थियो। अध्यक्ष पदमा बेल बहादुर सारु […]
डाँडाझेरी खेलकुद समितिले दोस्रो वडा अध्यक्ष काप खेलाउने

बुलिङटार १० चैत । डाँडाझेरी खेलकुद समितिले यस वर्ष पनि दोस्रो वडा अध्यक्ष काप खेलाउने भएको छ ।डाँडाझरी खेलकुदको आयोजनामा यहि बैशाख १२ र १३ गते दोस्रो वडा अध्यक्ष काप खुल्ला पुरुष भलिबाल खेलाउने भएको छ । बुलिङटार वडा नं -२ अन्तरगतका गाउँ टोल मात्रै सहभागी हुन पाउने भलिबल खेलमा सहभागी हुने खेलाडीहरुले नि:शुल्का रुपमा […]
कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने

काठमाडौं ९ वैशाख । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । पर्सि (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । यद्यपि बोर्डले परीक्षाको तालिका भने भोलि मात्रै सार्वजनिक गर्नेछ ।
कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने

काठमाडौं ९ चैत । शिक्षक आन्दोलनका बीच नै कक्षा १२ को परीक्षा निर्धारित समयमा गराइने भएको छ । सरकारले निजामती कर्मचारी खटाएर भए पनि वैशाख ११ देखि परीक्षा सञ्चालन गर्ने भएको हो ।राष्ट्रिय परीक्षा बोर्डको बैठकमा निजामती कर्मचारी खटाउन सकिनेबारे अधिकांशले सकारात्मक धारणा राखेका थिए । बोर्ड बैठकपछि राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षमा महाश्रम शर्माले विद्यालय […]
डाँडाझेरी गैंडाकोट विकास समाजको १२औं वार्षिक उत्सव, ११औं साधारण सभा, भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम २०८२ सम्मपन्न

बैशाख ८ चैत । डाँडाझेरी गैंडाकोट विकास समाजको १२औं वार्षिक उत्सव, ११औं साधारण सभा, भित्तेपात्रो विमोचन तथा सम्मान कार्यक्रम २०८२ सम्मपन्न भएको छ । गैंडाकोट ५ स्थित डाँडाझेरी गैंडाकोट विकास समाजले गरिएको उक्त कार्यक्रमका प्रमुख अतिथी बुलिङटार गाउपलिका वडा नं-२ वडा अध्यक्ष कमल राज वकाबल रहनु भएको थियो । कार्यक्रममा समाजको पुर्व अध्यक्ष, कार्यसमितिहरु,सल्लाहकारहरु र […]
बुलिङटारमा येशू ख्रीष्टका पुनरुत्थान कार्यक्रम-२०८२ भव्य र सव्य रुपमा सम्पन्न

बुलिङटार ८ चैत । बुलिङटार गाउपलिका-१, ढॉडबेसीमा अभिषेक चर्च पहाडी इसाई एकता समाजको आयोजनामा २०८२ बैशाख ७ गते कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा चुट्क, बाज, भजन, प्राथना, बाइबल शिक्षण तथा येशूको पुनरुत्थानको सन्देश बाँडिएको थियो । भक्तजनहरूले येशूको पुनरुत्थानप्रति आफ्नो आस्था प्रकट गर्दै आपसमा प्रेम र खुसी साटासाट गरेका थिए । कार्यक्रममा सहभागीहरूले […]