त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापति नेविसंघले जिते

काठमाडौं १८ चैत । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु सभापति नेविसंघले जितेको छ। नेविसंघका उम्मेदवार दिपकराज जोशीले ७८९ मत ल्याएर विजयी भएको स्ववियु सभापति श्यामराज ओझाले जानकारी दिए । नेकपा (एमाले) निकट अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याए । त्यस्तै नेकपा (माओवादी) निकट क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार उज्ज्वल […]
जनउत्थान सामुदायिक लघुबित्त वितीय संस्था बुलिङ्गटार शाखा द्धारा संस्थाका सदस्यलाई बिमा दाबिबाट ऋण चुक्ता तथा क्रिया खर्च चेक हस्तान्तरण

बुलिङ्गटार १५ चैत । बुलिङ्गटारमा सन्चालित जनउत्थान सामुदायिक लघुबित्त वितीय संस्था बुलिङ्गटार शाखा द्धारा संस्थाका सदस्यलाई ऋण मिनाहा तथा काज क्रिया खर्च चेक हस्तान्तरण गरियो । यस जनउत्थान सामुदायिक लघुबित्त वितीय संस्था लि. शाखा कार्यालय बुलिङ्गटार नवलपुर सार्थी जनउत्थान बैकिङ्ग समुदायकी सदस्य माया गोदामि कोश्रीमान बेल बहादुर गोदामी ज्यु को मृत्यु भएको हुनाले निज सदस्य […]
प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित

काठमाडौँ १४ चैत । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने गरी सारिएको थियो । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गरेपनि निष्कर्ष ननिस्केपछि बैठक सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि […]
कोखेटार र तनहुँ जोड्ने पक्की पुल निर्माणमा नौ वर्ष बित्दा पनि काम सम्पन्न नभएपछि बुलिङटार गाउँपालिका अध्यक्ष सुनारी मगरले सडक विभागमा गुहार

बुलिङटार १३ चैत । नवलपुरको बुलिङटार गाउँपालिका–४ कोखेटार र तनहुँको रिसिङ गाउँपालिका–४ मधुवन जोड्ने पक्की पुल निर्माणमा नौ वर्ष बित्दा पनि काम सम्पन्न नभएपछि बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरको नेतृत्वमा युवा नेता विद्रोही गिरी र स्थानीयहरूले सडक विभागमा गुहार गर्नु भएको छ । पुल सेक्टर कार्यालय पोखराका प्रमुख ज्ञानेन्द्र कनौलीले पुल निर्माणमा भएको ढिलाइप्रति […]
बिजय लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बुलिङटारद्वारा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बुलिङटार १० चैत । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बुलिङटारले एक दिने वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रमको उद्देश्य स्थानीय नागरिकहरूलाई वित्तीय ज्ञान प्रदान गर्दै आर्थिक रूपमा सशक्त बनाउन सहयोग गर्नु थियो । कार्यक्रमको स्वागत मन्तव्य शाखा प्रमुख इस्वर लम्सालले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सोही शाखाका कर्मचारी उमेश […]
नवलपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा

नवलपुर । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल सरुवा भएका छन् । उनलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ भने गृहमन्त्रालयका सह-सचिव भविश्वर पाण्डे नवलपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको आज गृहमन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ । गृहमन्त्रालयले आज नवलपुर सहित, कपिलवस्तु, सुर्खेत, उदयपुर, बाग्लुङ्ग, अछाम र पर्वतका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको सूचनामा जनाइएको छ […]
एसइई वर्षको माध्यमिक शिक्षा परीक्षा को सम्पूर्ण तयारी पूरा

भक्तपुर ४ चैत । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, […]
बुलिङटार गाउँपालिका पुदी खानेपानीमा जनसहभागिताका साथ पाइप बिछ्याउने कार्य सम्पन्न

बुलिङटार २ चैत । बुलिङटार गाउँपालिका–१ मा सञ्चालित पुदी थामबेसी खानेपानी (कोटथर खानेपानी) योजना अन्तर्गत आज व्यापक जनसहभागिताका साथपाइप बिछ्याउने कार्य सम्पन्न भएको छ । स्वच्छ र सुरक्षित खानेपानीको सुनिश्चितता गर्न गाउँपालिकाले यस योजनाका लागि रु. १ करोड बजेट विनियोजन गरेको छ । स्थानीय समुदायको लामोप्रतीक्षालाई अन्त्य गर्दै दिगो रूपमा खानेपानी उपलब्ध गराउने लक्ष्यसहित यो […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोटको प्रथम नगर अधिवेशन आज

गैँडाकोट २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोटको प्रथम नगर अधिवेशन आज हुँदैछ । गैँडाकोट नगरपालिका वडा नं. १२ मा रहेको होटल पौवामा हुने प्रथम नगरअधिवेशनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर उपसभापति विमल घिमिरेले जानकारी दिनुभयो । अधिवेशनले आगामी पाँचवर्षका लागि सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष […]
छत्तीसा देवी मा.वि.मा शुद्ध पिउने पानी व्यवस्थापन सहयोग हस्तान्तरण कार्यक्रम सप्पन्न

बुलिङटार २८ फागुन । छत्तीसा देवी मा.वि.मा शुद्ध पिउने पानी व्यवस्थापन सहयोग हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ । छत्तीसा देवी मा.वि.का वि.व्य.स.अध्यक्ष दुल बहादुर खण्डलुकज्युको अध्यक्षता तथा बुलिङटार गा.पा. वडा न. १ का वडाध्यक्ष दिल बहादुर सुर्यबङ्शीज्युको प्रमुख आतिथ्यतामा विद्यालयमा शुद्ध पिउने पानी व्यवस्थापन सहयोग हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ । विद्यालयमा फिल्टर सहितको शुद्ध […]