डाँडाझेरी गैंडाकोट विकास समाजको पहलमा क्यान्सर पीडितलाई सहयोग

बुलिङटार २० जेठ । डाँडाझेरी गैंडाकोट विकास समाजको पहलमा   क्यान्सर पीडितलाई सहयोग गरियो । बुलिङ्टार-०३ डाडाथोक निवासी श्री बिष्णु वीर राना मगरको श्रीमती होमाया राना मगर बिगत केहि समय देखि क्यान्सर पीडित भइ बि.पि. कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेको र आर्थिक समस्या परेको कारणले सहयोगको अपिल गरेको हुँदा सो आधारमा डाँडाझेरी गैंडाकोट विकासको पहलमा […]

नवलपुरको गैँडाकोटमा मोटरसाइकाल र बोलेरो एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा दुई जना घाइते

नवलपुर १६ जेठ । नवलपुरको गैँडाकोटमा मोटरसाइकाल र बोलेरो एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका २ भृकुटीचोकस्थित पूर्व–पश्चिम राजमागमा कांग्रेस चोकबाट चितवन तर्फ जाँदै गरेको लु ३ च ८४७७ नम्बरको बोलेरोलाई सोही दिशातर्फ जाँदै गरेको ना ६३ प […]

सरकारले आज आगामी आर्थिक वर्षको २०८२/०८३ बजेट सार्वजनिक गर्दै

काठमाडौँ १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दैछ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि दुवै सदनको संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो ३ बजे बस्नेछ । जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त […]

मध्यविन्दुमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु एक जना गम्भीर घाइते

नवलपुर १३ जेठ । मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री बाटोमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दुर्घटना २०८२ जेठ १३ गते बिहान करिब ६:०० बजे भएको हो । अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको होण्डा साइन मोटरसाइकल अनियन्त्रित भई दुर्घटना […]

गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट

काठमाडौँ  १० जेठ । गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट पारेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका घटनासँग जोडिएर आएको विषयबारे स्पष्ट पार्दै मन्त्रालयले कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकाप्रति दुःख व्यक्त गरेको छ । विमानस्थल अध्यागमन कार्यालयको कामकारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग […]

आज देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए

काठमाडौँ ९ जेठ ।  आज देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान  जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन […]

गैडाकोट थुम्सीमा सवारी दुर्घटनामा ९ जना घाइते

गैडाकोट ६ जेठ । नवलपरासी (पूर्व)को गैडाकोट नगरपालिका वडा नम्बर ९ थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो करिब २:४५ बजे भएको सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् । काठमाडौँबाट भैरहवा जाँदै गरेको लु २ ख ६६७२ नम्बरको यात्रुबाहक बस र बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ६९८५ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो […]

बुलिङ्टार र गैँडाकोट जोड्ने कालीगण्डकी करिडोर अन्तर्गतको तरङ्ग खोलामा पुलको कार्य अन्तिम चरण

बुलिङ्टार ६ जेठ । बुलिङ्टार गाउँपालिका र गैँडाकोट नगरपालिका जोड्ने कालीगण्डकी करिडोर अन्तर्गतको तरङ्ग खोलामा निर्माणाधीन पुलको कार्य अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि पुल अभावका कारण स्थानीयवासी तथा यात्रुहरूले ठूलो कठिनाइ भोग्दै थियो । पुल निर्माण सम्पन्न भएपछि यात्रुहरूलाई आवतजावतमा सहजता प्राप्त हुने भएको छ । उक्त पुलको निर्माण कार्य सफल रूपमा सम्पन्न […]

नवलपुरको हुप्सेकोट गाउँपालिका जिल्लामा सबै भन्दा कम बेरुजु हुने पालिका बन्न सफल

नवलपुर १ जेठ । नवलपुरको हुप्सेकोट गाउँपालिका जिल्लामा सबै भन्दा कम बेरुजु हुने पालिका बन्न सफल भएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी(बर्दघाट सुस्तापूर्व)का आठ वटा पालिका मध्य हुप्सेकोट गाउँपालिका सबै भन्दा कम बेरुजु भएको पालिका बनेको हो । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार […]

बुलिङटारमा साङ्गीतिक पी.टी. तथा प्रार्थना व्यवस्थापन सम्बन्धी तीन दिने तालिम समापन

बुलिङटार ३०बैशाख ।  बुलिङटार गाउँपालिकाको आ.व.२०८१/८२ को स्वीकृत बजेटबाट शिक्षा शाखाको आयोजनामा साङ्गीतिक पी.टी. तथा प्रार्थना व्यवस्थापन सम्बन्धी तीन दिने तालिम (२०८२ बैशाख २८ देखि ३० गतेसम्म) आज बैशाख ३० गते सफलतापूर्वक समापन गरिएको छ। समापन कार्यक्रम गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारीज्यूको प्रमुख आतिथ्यतामा तथा शिक्षा शाखा प्रमुख श्री बुद्ध प्रसाद रानाभाटको अध्यक्षतामा सम्पन्न भयो। […]