बुलिङटार गाउँपालिका कार्यालय र बुलिङटार प्रेस को समन्वयनमा “जनतासँग अध्यक्ष कार्यक्रम” वडा नं.१, २ र ४ मा भव्य रूपमा सम्पन्न

बुलिङटार २ असार । बुलिङटार गाउँपालिका कार्यालय र बुलिङटार प्रेस को समन्वयनमा “जनतासँग अध्यक्ष कार्यक्रम” वडा नं.१, २ र ४ मा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगर, बिशेष अतिथि वडा नं -०१ का वडाअध्यक्ष दिल बहादुर सुर्यबंसी मगर, वडा नं.२ का कमल राज वाकबल मगर र ४ क […]
महिलाहरुका लागि भाषण कला, व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी तीन दिने अभिमुखीकरण तालिम सम्पन्न

बुलिङटार २२ जेठ । बुलिङटार गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित साहसि र उर्जाशिल महिला समाज उत्थानको परिकल्पना सहित”महिलाहरुका लागि भाषण कला, व्यक्तित्व तथा नेतृत्व विकास सम्बन्धी तीन दिने अभिमुखीकरण तालिम ” होटल करिडोर इन प्रा.लि. मा सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारी मगर कार्यक्रमको प्रमुख अतिथि रहनुभएको थियो । साथै कार्यक्रममा […]
डाँडाझेरी गैंडाकोट विकास समाजको पहलमा क्यान्सर पीडितलाई सहयोग

बुलिङटार २० जेठ । डाँडाझेरी गैंडाकोट विकास समाजको पहलमा क्यान्सर पीडितलाई सहयोग गरियो । बुलिङ्टार-०३ डाडाथोक निवासी श्री बिष्णु वीर राना मगरको श्रीमती होमाया राना मगर बिगत केहि समय देखि क्यान्सर पीडित भइ बि.पि. कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचार भईरहेको र आर्थिक समस्या परेको कारणले सहयोगको अपिल गरेको हुँदा सो आधारमा डाँडाझेरी गैंडाकोट विकासको पहलमा […]
नवलपुरको गैँडाकोटमा मोटरसाइकाल र बोलेरो एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा दुई जना घाइते

नवलपुर १६ जेठ । नवलपुरको गैँडाकोटमा मोटरसाइकाल र बोलेरो एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका २ भृकुटीचोकस्थित पूर्व–पश्चिम राजमागमा कांग्रेस चोकबाट चितवन तर्फ जाँदै गरेको लु ३ च ८४७७ नम्बरको बोलेरोलाई सोही दिशातर्फ जाँदै गरेको ना ६३ प […]
सरकारले आज आगामी आर्थिक वर्षको २०८२/०८३ बजेट सार्वजनिक गर्दै

काठमाडौँ १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दैछ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि दुवै सदनको संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो ३ बजे बस्नेछ । जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरूप अर्थमन्त्री विष्णु पौडेलले संसद्को संयुक्त […]
मध्यविन्दुमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु एक जना गम्भीर घाइते

नवलपुर १३ जेठ । मध्यविन्दु नगरपालिका–७ अम्रसा जंगलस्थित भित्री बाटोमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दुर्घटना २०८२ जेठ १३ गते बिहान करिब ६:०० बजे भएको हो । अम्रसाबाट चोरमारा तर्फ आउँदै गरेको लु ९ प ८११६ नम्बरको होण्डा साइन मोटरसाइकल अनियन्त्रित भई दुर्घटना […]
गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट

काठमाडौँ १० जेठ । गृह मन्त्रालयले गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने स्पष्ट पारेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका घटनासँग जोडिएर आएको विषयबारे स्पष्ट पार्दै मन्त्रालयले कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकाप्रति दुःख व्यक्त गरेको छ । विमानस्थल अध्यागमन कार्यालयको कामकारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग […]
आज देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए

काठमाडौँ ९ जेठ । आज देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन […]
गैडाकोट थुम्सीमा सवारी दुर्घटनामा ९ जना घाइते

गैडाकोट ६ जेठ । नवलपरासी (पूर्व)को गैडाकोट नगरपालिका वडा नम्बर ९ थुम्सीस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो करिब २:४५ बजे भएको सवारी दुर्घटनामा ९ जना घाइते भएका छन् । काठमाडौँबाट भैरहवा जाँदै गरेको लु २ ख ६६७२ नम्बरको यात्रुबाहक बस र बुटवलबाट नारायणगढतर्फ आउँदै गरेको लु २ ख ६९८५ नम्बरको माइक्रोबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो […]
बुलिङ्टार र गैँडाकोट जोड्ने कालीगण्डकी करिडोर अन्तर्गतको तरङ्ग खोलामा पुलको कार्य अन्तिम चरण

बुलिङ्टार ६ जेठ । बुलिङ्टार गाउँपालिका र गैँडाकोट नगरपालिका जोड्ने कालीगण्डकी करिडोर अन्तर्गतको तरङ्ग खोलामा निर्माणाधीन पुलको कार्य अन्तिम चरणमा पुगेको छ । लामो समयदेखि पुल अभावका कारण स्थानीयवासी तथा यात्रुहरूले ठूलो कठिनाइ भोग्दै थियो । पुल निर्माण सम्पन्न भएपछि यात्रुहरूलाई आवतजावतमा सहजता प्राप्त हुने भएको छ । उक्त पुलको निर्माण कार्य सफल रूपमा सम्पन्न […]