सहरी विकास मन्त्री झाक्रीले पनि राजिनामा दिँदै

काठमाडौं, असार १२ । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले पदबाट राजिनामा दिने भएकी छिन् । आइतबार साँझ सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री झाक्रीले राजीनामा दिने तयारी गरेकी हुन् । नेकपा (एकीकृत समाजवादी)बाट मन्त्री भएकी झाक्रीलाई पार्टीले फिर्ता बोलाउने निर्णय गरिसकेको थियो । पार्टीले हाल सरकारमा सहभागी रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई नियुक्त गर्ने […]

सिरहाको लहानमा गोली चल्यो, गोली लागेर एकजना घाइते

सिराहा । सिरहाको लहानमा गोली चलेको छ । लहान – २२ मा पर्ने जटियाही टोलमा गोली चलेको हो । गोली लागेर एकजना घाइते भएको छ । प्रहरी श्रोतको अनुसार स्थानीय रवीन्द्र चौधरीको घरमा १९ वर्षीय सुशान्त चौधरी, १५ वर्षीय सुरज मुखिया र १८ वर्षीय दिलिप मुखिया गफगाफ गरिरहेको बेला ख्याल ठट्टा गर्दै सुशान्तले आफ्नै साथी […]

पर्यटनमन्त्री आलेले दिए राजीनामा

काठमाडौं, असार १२ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार पार्टी कार्यालय पुगेर अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएको नेपालको सचिवालयले जनाएको छ । आलेले शुक्रबार बसेको पोलिट्ब्युरो बैठकमा ४८ घण्टाभित्र राजीनामा बुझाउने बताएका थिए । उनले पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गर्ने तयारी समेत गरेका […]

पटेर्वा सुगौलीमा व्यापक भ्रष्टाचार, अधिकृत यादव मालामाल, अख्तियार मौन, सचेत नागरिक आश्चर्यमा

वीरगंज १२ असार । पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा व्यापक भ्रष्टाचार गरेको आरोप सहदै मालामाल भए तापनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मौन बस्दा सचेत नागरिकहरु आश्चर्यमा परेका छन् । कमिशनको मामिलामा चर्चा कमाईसकेका अधिकृत यादवले भौतिक निर्माणको कार्यमा ३० प्रतिशत र सामाजिक विकासको कार्यमा ४० प्रतिशत असुल्ने […]

भारतमा बिक्री भएकी बालिकाको उद्धार गर्न टिकटकबाट सामाजिक अभियान्ता गिविना मगरको अपिल

बुटवल । चितवनमा एक नेपाली छोरी बिक्रि भएको खुलेको छ । चितवनको देवघाटमा बस्ने एक महिलाले आफ्नी सात बर्षकी छोरी पैसामा बिक्रि गरेको खुल्न आएको हो । उनले बिक्रि गरेकी छोरीलाई अहिले भारतको सीमा कटाएको पुष्टि भएको छ । पोखराकी सामाजिक अभियान्ता गिविना मगरले यो कुराको खुलासा टिकटकबाट गरिरहनुभएको छ । भारत लगेर बेच्ने महिला […]

पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगर भित्र पानीपुरी बेच्न रोक

काठमाडौं । ललितपुर महानगरपालिकाले आजदेखि सडकमा पानीपुरी बेच्न रोक लगाएको छ । हालै पानीपुरीको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै ललितपुर महानगरपालिकाले महानगर भित्रका सडकमा पानीपुरी बेच्न रोक लगाएको हो । आजदेखि नगर प्रहरीले माइकिङ गर्दै सडक र गल्लीमा पानीपुरी बेच्न रोक लगाएको छ । ‘हामी आज महानगर भित्रका हरेक सडक र गल्लीमा माइकिङ गर्दै पानीपुरी […]

युवा पुस्तामा लागुऔषध दुर्व्यसन बढ्यो : गृहमन्त्री खाँण

काठमाडौं, असार १२ । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागुपदार्थ दुर्व्यसनी चुनौतीको रूपमा अघि बढिरहेको बताएका छन् । आइतबार काठमाडौंमा भएको लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् । उनले लागुपदार्थ दुर्व्यसनका कारणले समाजलाई पनि गम्भीर असर पारेको बताए । मन्त्री खाँणले लागुऔषधको गम्भीर असर सबैभन्दा […]

भरतपुर विमानस्थलको टावरनजिक एकाबिहानै आगलागी

चितवन । भरतपुर विमानस्थलको टावरनजिकै आइतबार बिहान आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिएको र टावरमा कुनै नोक्सानी नभएका कारण उडान र अवतरणमा कुनै बाधा नहुने चितवन प्रहरीले जनाएको छ । आइतबार बिहान पौने ४ बजेतिर टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासि आगो लागेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए । […]

लोसपा र लोक दलबीच आज एकता हुँदै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच आज एकीकरण हुने भएको छ । (आज)आइतबार दिउँसो २:३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा एकता सभा हुने भएको हो। लोसपाका सचिव रञ्जित झाले आज दुई दलबीच पार्टी एकता हुने बताएका छन्। उनले कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको बताए। झाले सिंहलाई लोसपाको […]

कपिलवस्तुको शुद्धोधन गाउँपालिका बजेट ५३ करोड ९० लाख २२ हजार

धर्मेन्द्र कुमार कुर्मी विजयनगर । कपिलवस्तु: जिल्लाको शुद्धोधन गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि ५३ करोड ९० लाख २२ हजार बराबरको बजेट विनियोजन गरेको छ । सातौं गाउँसभामा उपाध्यक्ष होमप्रकाश चौधरी कुर्मीले उक्त बराबरको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सो मध्ये चालु प्रशासनिक खर्च ९ करोड पुँजीगत खर्च २२ करोड ९६ लाख २२ […]