रवि लामिछाने विरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन

चितवन १८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्ध चितवनको मुग्लिनमा सहकारी पीडितले प्रदर्शन गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिका, मुग्लिनमा सार्वजनिक सुनुवाइ कार्यक्रम सकेर फर्किने क्रममा मुग्लिन बजारमा सहकारी पीडितले कालो ब्यानर र झण्डासहित प्रदर्शन र नाराबाजी गरेका हुन् ।

फूलबारीमा चिनीयाँ ठेकेदार कम्पनीको ग्रेडरमा मोटर साइकल ठोक्किएर एक जनाको मृत्यु एक जना घाइते

नवलपुर १८ असोज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको मध्यविन्दु ८ फूलबारीमा चिनीयाँ ठेकेदार कम्पनीको ग्रेडरमा मोटर साइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । चितवनबाट बुटवलतर्फ जादै गरेको लु ३४ प ३०७७ नं. को मोटर साइकल नारायणघाट–बुटबल खण्डको निर्माणाधिन सडकमा चलाइरहेको चिनीयाँ ठेकेदार कम्पनीको ग्रेडरमा ठोक्किएर दुर्घटना भएको […]

गायक सञ्जय देवकोटाको पहिलो गीत ‘कुरा बुझिदेऊ न’ बजारमा

नवलपुर १८ असोज । नवलपुरको गैँडाकोट-१४, नगर टाँडी निवासी गायक सञ्जय देवकोटाको पहिलो गीत ‘कुरा बुझिदेऊ न’ बजारमा आएको छ । यो गीतलाई कावासोतीको डिटिएम मिडियाले बजारमा ल्याएको हो । यो गीतको बिहीबार कावासोतीको कावासोती सिने म्याक्समा प्रिमियम शो गरेर सार्वजनिक गरिएको हो । श्रीधर अधिकारीको शब्द तथा लय संकलन र संगीत रहेको छ भने […]

बर्दियाबाट काठमान्डौ जादै गरेको नाइटबस गैँडाकोटमा दुर्घटना २ जना घाइते

गैँडाकोट १७ असोज । बर्दियाबाट काठमान्डौ जादै गरेको नाइटबस गैँडाकोटमा दुर्घटना २ जना घाइते भएको छ । बर्दिया बाट काठमाण्डौ तर्फ जादै गरेको भे १ ख ३६७५ नं.को बस गैँडाकोट नगरपालिका वडा नं. १० सिस्ने स्थित सडकमा दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । बसमा ८ जना यात्रु सवार रहेका थियो । फोटो : Ujayalokhabar

वडा स्तरिय भलिबल प्रतियोगिता तथा ढाँडबेसी रमाइलो मेला २०८१ हुने

बुलिङ्टार १५ असोज । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद वडा स्तरिय भलिबल प्रतियोगिता तथा ढाँडबेसी रमाइलो मेला २०८१ हुने भएको छ । नेपालीहरुको महान पर्व बडा दशैको शुभकामना सहित ढाँडबेसीमा श्री अरुणोदय युवा क्लबको २९औ बार्षिक उत्सब कार्यक्रम २०८१ लाई कला र संस्कृतिको संरक्षण तथा कृषि पर्यटन, उद्योग व्यापार प्रबर्धनका लागि विभिन्न कार्यक्रमको योजना […]

ह्वाइट फेदर्स ज्वेलरीबाट गहना किन्दा आईफोन १६ जित्ने मौकाः जर्तीनलाग्ने, ज्यालामा पनि भारी छुट

काठमाडौँ १६ असोज । काठमाडौँको न्यूरोडस्थित ह्वाइट फेदर्स ज्वेलरीले दशैँ, तिहार तथा छठपर्वलक्षित उपहार योजना ल्याएको छ । जस अन्तर्गत २४ क्यारेट सुनकागरहगना बनाउँदा ग्राहकहरुले जर्तीको शुल्क तिर्नुपर्ने छैन भने ज्याला पनिजम्मा ५ प्रतिशत मात्रै तिरे पुग्नेछ । ज्वेलरीका अनुसार मंसिर ३ सम्म चल्ने यस योजनामा डायमण्डकागरगहनामा ५० प्रतिशत छुट दिइनेछ । यस्तै, चाँदीका भाडावर्तनमा […]

बिष्णुनगरमा प्रथम बिश्णुनगर दशैं मेला २०८१ समुद्घाटन

कावासोती १५ असोज । बिष्णुनगरमा प्रथम बिश्णुनगर दशैं मेला २०८१ समुद्घाटन भएको छ । प्रतिभा युवा क्लब कावासोती-६ द्वारा आयोजित प्रथम बिष्णुनगर दशैं मेला २०८१ संविधान सभा सदस्य,गण्डकी प्रदेश सांसद तथा पुर्व मन्त्री माननीय रोशन गाहा ज्युको प्रमुख आतिथ्यता र जिसस प्रमुख बाबुराम बिश्वकर्मा ज्युको विशेष आतिथ्यतामा समुद्घाटन भएको छ । मेल आश्बिन १५ गते […]

कालीगण्डकी करिडोरको गैँडाकोट र बुलिङटार जोड्ने तरङ्ग खोलामा पुर्ण रुपमा सन्चलन

बुलिङटार १४ असोज । कालीगण्डकी करिडोरको गैँडाकोट र बुलिङटार जोड्ने तरङ्ग खोलामा पुर्ण रुपमा सन्चलन भएको छ । बाढीका कारण सडक अवरुद्ध भएपछि हिजो देखि बुलिङटार गाउपालिकाका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगर र वडा नं १ अध्यक्ष  दिल बहादुर सुर्यवंशी मगरले गाउपालिकाको डोजर लिएर डाईभर्सन मार्फत सडक खोल्ने भए पनि हिजो खोलाको बहाव बढेकोले, हिजो राति […]

भरतपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री महिला घाइते

भरतपुर १५ असोज । भरतपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री महिला घाइते भएकी छन् । भरतपुर महानगरपालिका वडा नं–१० मा बागमती प्रदेश ०३–००३ प ३८० नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलयात्री भरतपुर–१० बस्ने३५ वर्षीया गीता न्यौपाने घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी टोलीका अनुसार मादक पदार्थ सेवन गरेको अवस्थामा मोटरसाइकल […]

दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक भासिँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध

नवलपरासी १४ असोज । दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक भासिँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ४ दाउन्ने जंगलस्थित खुर्सानी खोलामा सडक भासिएपछि बुटवलबाट काठमाडौँ जाने सवारीलाई पोखरा हुँदै जानको लागि प्रहरीले आग्रह गरेको छ । राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका निमित्त प्रमुख ईश्वरी अर्यालले दाउन्नेमाा करिब डेढ फिट सडक भासिएपछि […]