बिष्णुनगरमा प्रथम बिश्णुनगर दशैं मेला २०८१ समुद्घाटन

कावासोती १५ असोज । बिष्णुनगरमा प्रथम बिश्णुनगर दशैं मेला २०८१ समुद्घाटन भएको छ । प्रतिभा युवा क्लब कावासोती-६ द्वारा आयोजित प्रथम बिष्णुनगर दशैं मेला २०८१ संविधान सभा सदस्य,गण्डकी प्रदेश सांसद तथा पुर्व मन्त्री माननीय रोशन गाहा ज्युको प्रमुख आतिथ्यता र जिसस प्रमुख बाबुराम बिश्वकर्मा ज्युको विशेष आतिथ्यतामा समुद्घाटन भएको छ । मेल आश्बिन १५ गते […]
कालीगण्डकी करिडोरको गैँडाकोट र बुलिङटार जोड्ने तरङ्ग खोलामा पुर्ण रुपमा सन्चलन

बुलिङटार १४ असोज । कालीगण्डकी करिडोरको गैँडाकोट र बुलिङटार जोड्ने तरङ्ग खोलामा पुर्ण रुपमा सन्चलन भएको छ । बाढीका कारण सडक अवरुद्ध भएपछि हिजो देखि बुलिङटार गाउपालिकाका अध्यक्ष ई.दिपेन्द्र सुनारी मगर र वडा नं १ अध्यक्ष दिल बहादुर सुर्यवंशी मगरले गाउपालिकाको डोजर लिएर डाईभर्सन मार्फत सडक खोल्ने भए पनि हिजो खोलाको बहाव बढेकोले, हिजो राति […]
भरतपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री महिला घाइते

भरतपुर १५ असोज । भरतपुरमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री महिला घाइते भएकी छन् । भरतपुर महानगरपालिका वडा नं–१० मा बागमती प्रदेश ०३–००३ प ३८० नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकलयात्री भरतपुर–१० बस्ने३५ वर्षीया गीता न्यौपाने घाइते भई नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी टोलीका अनुसार मादक पदार्थ सेवन गरेको अवस्थामा मोटरसाइकल […]
दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक भासिँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध

नवलपरासी १४ असोज । दाउन्नेमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडक भासिँदा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ४ दाउन्ने जंगलस्थित खुर्सानी खोलामा सडक भासिएपछि बुटवलबाट काठमाडौँ जाने सवारीलाई पोखरा हुँदै जानको लागि प्रहरीले आग्रह गरेको छ । राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका निमित्त प्रमुख ईश्वरी अर्यालले दाउन्नेमाा करिब डेढ फिट सडक भासिएपछि […]
सोमबार नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाए

काठमाडौं १४ असोज । सोमबार नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ । आज साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ र हवाइ इन्धनको मूल्य प्रतिलिटिर ६ रुपैयाँ घटाएको छ ।
वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०९ पुगे

काठमाडौं १४ असोज । लगातार तीन दिन देखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या २०९ पुगेको छ । गृहमन्त्रालयका अनुसार सोमबार साँझसम्मको अपडेट अनुसार २०९ जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, २९ जना अझै बेपत्ता छन् भने बाढीपहिरोबाट उद्धार गरिएका १४२ जना घाइते रहेका छन् ।
बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ भने ४१ जना अझै बेपत्ता

काठमाडौं १४ असोज । तीन दिनको अविरल वर्षासँगै आएको बाढी र पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या १८८ पुगेको छ । ४१ जना अझै बेपत्ता छन् । गृहमन्त्रालयका अनुसार काठमाडौंको नागढुंगा नजिकै झाप्ले खोलामा मात्रै पहिरोमा परी ३५ जना यात्रुको मृत्यु भएको छ । गृहमन्त्रालयको आज बिहानको तथ्यांक अनुसार काठमाडौं उपत्यकामा ७९, बागमती प्रदेशका […]
धुनीबेशी नगरपालिका धादिङको झ्याप्लेमा दुईतर्फी बाटो खुले

काठमाडौं १३ असोज । धुनीबेशी नगरपालिका धादिङको झ्याप्लेमा दुईतर्फी बाटो खुलेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आइतबार साढे सात बजेबाट यहाँ दुई तर्फी बाटो खुला भएको हो । धुनीबेशी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोले चार वटा गाडी पुरेको थियो । हालसम्म ३५ जनाको शव फेला परेको छ । पुरिएका चारै वटा […]
नागढुंगा-नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाए

काठमाण्डौँ १३ असोज । शनिबार अविरल वर्षाका कारण नागढुंगा-नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् । सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार यी शवहरू पहिरोमा परेका तीनवटा बसबाट निकालिएको हो । बसबाट आठ पुरूष, पाँच महिला र एक बच्चाको शव निकालिएको उनले जानकारी दिए । त्रिभुवनराजमार्ग अन्तर्गत चन्दागिरि […]
बिहीबार बेलुका देखि परेको अविरल वर्षाले गर्दा बुलिङटार गाउँपालिका गम्भिर ध्यानाकर्षण

बुलिङटार १२ असोज । बिहीबार बेलुका देखि परेको अविरल वर्षाले गर्दा बुलिङटार गाउँपालिकाले गम्भिर ध्यानाकर्षण गरेको छ । वार्ड नं २अवस्थित भाङबारी गाउँमा बाढीपहिरो गएको र खहरे खोला वस्तीमा पसेको हुँदा स्थानियबासीहरू त्रसित भएका छन् । उक्त बाढीले पुर्याएको क्षतिमा बुलिङटार गाउँपालिकाले गम्भिर ध्यानाकर्षण गरेको छन् । तत्कालको लागि पालिकाको डोजर उक्त क्षेत्रमा पुगि खोलाको […]