देवचुली नगरपालिका वडा नम्बर १७ मा दोस्रो पिप्रहर माघी मेला हुने

नवलपुर २४ पुष । देवचुली नगरपालिका वडा नम्बर १७ मा दोस्रो पिप्रहर माघी मेला हुने भएको छ । पिप्रहर सामुदायिक होमस्टे ग्राम, आमा समूह, होटलव्यवसायी तथा युवाहरुको प्रतिनिधिमुलक संयुक्त भेलाको निर्णय अनुसार पौष मसान्तदेखि माघको २ गतेसम्म देवचुली १७ पिप्रहर गाउँमा ३ दिवसीय दोस्रोमाघी मेला आयोजना गर्न लागिएको हो । मेलाको प्रमुख आकर्षकका रुपमा स्थानीय […]

भोलिबाट १५औं संस्करणको चितवन महोत्सव २०८१ सुरु हुने

चितवन २४ पुष । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा भोलिबाट १५औं संस्करणको चितवन महोत्सव २०८१ सुरु हुने भएको छ । नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजकएवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । भोलि पुष २५ बाट सुरु हुने महोत्सव […]

नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने

चितवन २४ पुस । नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने भएको छ । संघले बुधबार (आज) पत्रकार सम्मेलन गरेर पुस २७ गते खुल्ला कौराहा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।प्रतियोगिता वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको […]

बाक्लो हुस्सु र शीतलहका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड पूर्णरुपमा अवरुद्ध

नवलपुर २४ पुस । बाक्लो हुस्सु र शीतलहका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटबल सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । नवलपरासीको बर्दघाट नगरपालिका-४, खुर्सानी खोलामा बाक्लो हुस्सु लागेको र शीतलहर पनि चलेकाले बाटो चिप्लो हुँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रमेश बोहोराले जानकारी दिए । राति साढे एक बजेदेखि बाटो दुईतर्फी नै […]

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

काठमाडौं २३  पुुस । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर उक्त शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो । बिहान ६ बजेर ५० मिनेट जाँदा सिगात्सेबाट ३५ किलोमिटर टाढा पर्ने दिनगाए क्षेत्र केन्द्रबिन्दु बनाएर उक्त भूकम्प गएको हो । भूकम्पबाट कहाँ के […]

गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिए

नवलपुर २१ पुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रापुरबाट सम्बन्धन लिएर सञ्चालनमा आएको क्याम्पसका स्नातक आठौँ सत्रहान्त (सेमिस्टर)का विद्यार्थीको नतिजा रोकिएको हो । क्याम्पसको वन विज्ञान सङ्कायमा अध्ययनरत ४९ जना विद्यार्थीको नतिजा नआउँदा विद्यार्थीहरू समस्यामा परेका छन् । विद्यार्थी आशिष […]

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक व्यक्तिको शुक्रवार मृत्यु

चितवन २० पुस । चितवनको रत्ननगर नगरपालिका–१० त्रिनेत्र पेट्रोल पम्प अगाडि पुस १५ गते भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका एक व्यक्तिको शुक्रवार बेलुका साढे ५ बजे मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ बस्ने वर्ष ३२ को राज कुमार घलान रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पुस १५ गते तमु […]

बालगायक सचिन परियारको टिचिङ अस्पतालमा निधन

काठमाडौं १८ पौस । बालगायक सचिन परियारको टिचिङ अस्पतालमा निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा बुधबार भर्ना भएका उनको बिहीबार बिहान करिब १० बजे निधन भएको उनका बुवा तेजेन्द्र परियारले जानकारी दिएका छन् । भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीतहरू समाजिक सञ्जालमा भाइरल छन् ।

१५औं चितवन महोत्सव २०८१ चितवनमा यहि पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदि किनारमा हुने

भरतपुर १८ पौष ।१५औं चितवन महोत्सव २०८१ चितवनमा यहि पौष २५ देखि माघ १० गतेसम्म नारायणी नदि किनारमा हुने भएको छ । चितवनको गौरव र गरिमामय प्रस्तुती नाम दिएर हुँदै आएको चितवन महोत्सव नारायणी नदी किनारमा हुने आयोजक उद्योग वाणिज्य संघ चितवनले बिहीबार नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको छ । प्रत्येक २/२ वर्षमा हुँदै […]

रोटरी क्लब अफ गैडाकोटले नवलपुरको बुलिङटार गाउँपालिकाका चार बिद्यालयका करिब १५० जना बिपन्न वालवालिकाहरुका लागि न्यानो कपडा वितरण

गैडाकोट १६ पुस । रोटरी क्लब अफ गैडाकोटले नवलपुरको पहाडी क्षेत्र बुलिङटार गाउँपालिकाका चार बिद्यालयका करिब १५० जना बिपन्न वालवालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ । बुलिङटारको कोटथर थामबेसीमा अवस्थित श्री छत्तिसादेबी माबिमा सम्पन्न उक्त कार्यक्रममा छत्तिसादेबी माबि, श्री कालिका प्राबि, श्री सिर्जना प्राबि र जनमैत्री प्राबिका बालवालिकाहरुलाइ जाडोमा लगाउने स्वेटर, टोपी, मफलर लगायतका कपडाहरु […]