स्वास्थ्य कार्यक्रममा बुलिङटार गाउँपालिका जिल्लामै प्रथम

बुलिङटार २४ भदाै । आ.व. २०८२/८३ मा सम्पन्न स्वास्थ्य कार्यक्रमका विभिन्न सूचकहरूको मूल्याङ्कनमा बुलिङटार गाउँपालिका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका सम्पूर्ण स्थानीय तहमध्ये प्रथम स्थान हासिल गर्न सफल भएको छ । गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयअन्तर्गत प्रदेश जनस्वास्थ्य कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) ले स्वास्थ्य कार्यक्रमका विभिन्न सूचकहरूको मूल्याङ्कनका आधारमा बुलिङटार गाउँपालिकालाई प्रथम स्थान प्रदान […]
बुलिङटारको जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्डसम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न

बुलिङटार २२ भदौ । बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा जौवारी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) कार्यान्वयन तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्वास्थ्य चौकीको वर्तमान अवस्था तथा सेवा प्रवाहको समग्र समीक्षा गरिएको थियो । […]
भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले जुटाए ९ हजार १४० रुपैयाँ

बुलिङटार, नवलपुर । बुलिङटार गाउँपालिका–१, थामबेसीस्थित श्री छत्तीसा देवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि सहयोगस्वरूप संकलन गरेको रु. ९ हजार १४० प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ । बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले विद्यालयका विद्यार्थी भाइबहिनीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेका थिए। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो […]
बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर बाढीपीडितलाई १० हजार सहयोग

बुलिङटार १९ भदौ । नवलपुरको बुलिङटार गाउँपालिका–१ ढाँडबेँसीमा स्थापित सिर्जना महिला समूहले गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावित समुदायलाई रु. १० हजार आर्थिक सहयोग गरेको छ । बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले उक्त रकम सहयोग गरेको हो। विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व बहन गर्दै समूहले […]
बुलिङटारको डाँडाझेरी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (MSS) प्रगति समीक्षा कार्यक्रम सम्पन्न

बुलिङटार १९ नवलपुर । बुलिङटार गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा डाँडाझेरी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards – MSS) सम्बन्धी प्रगति लेखाजोखा तथा समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाहरूलाई अझ प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा डाँडाझेरी स्वास्थ्य चौकीको वर्तमान […]
कोटथर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (MSS) प्रगति समीक्षा

बुलिङटार १८ भदौ । बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बुलिङटार गाउँपालिका–१ थामबेसीस्थित कोटथर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) कार्यान्वयन तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य संस्थाबाट प्रवाह हुँदै आएका सेवाहरूलाई थप प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्वास्थ्य चौकीको वर्तमान अवस्था, उपलब्ध स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, जनशक्ति […]
बुलिङटारमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

नवलपुर १८ भदौ । बुलिङटार गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलमाया रानाको अध्यक्षता रहेको थियो । कार्यक्रममा गाउँपालिकाअन्तर्गतका आधारभूत अस्पताल, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । समीक्षा कार्यक्रममा […]
बुलिङटारमा स्थानीय बजार अनुगमन : ‘कारबाहीभन्दा पहिले सुधार, नियन्त्रणभन्दा पहिले सहजीकरण’

बुलिङटार १७ नवलपुर । बुलिङटार गाउँपालिकाले स्थानीय बजारमा बिक्री वितरण भइरहेका वस्तु तथा सेवाको गुणस्तर, मूल्य तथा उपभोक्ता हितको अवस्थाबारे अनुगमन तथा निरीक्षण गरेको छ । बुधबार २०८३ साल भदौ १७ गते गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष, वडा अध्यक्ष, लेखा अधिकृत, प्रशासन अधिकृत तथा बुलिङटार प्रहरी चौकीको संयुक्त टोलीले बुलिङटार गाउँपालिका–३ मा बजार अनुगमन तथा […]
कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु

गैँडाकोट, ६ भदौ । नवलपुरको गैँडाकोट नगरपालिका–३ महेशखोला नजिकै कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुलिङटारबाट ढोडेनीतर्फ आउँदै गरेको ना.२९ प ६७०७ नम्बरको मोटरसाइकल उकालो सडकमा नियन्त्रण गुमाएर दुर्घटना भएको हो । दुर्घटनामा परि बुलिङटार-१ देउडा घर भई हाल गैँडाकोट-३ ढोडेनीस्थित मामाघर बस्दै आएका अन्दाजी ४०/४२ वर्षीय हिराबहादुर सारुको निधन भएको […]
हस्तान्तरण नहुँदै नारायणघाट–बुटवल सडक भासियो, चिनियाँ कम्पनीद्वारा पुनः मर्मत सुरु

नवलपुर, ६ भदौ । नारायणघाट–बुटवल सडक खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेर सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेका बेला सडक भासिएपछि चिनियाँ निर्माण कम्पनीले पुनः मर्मतको काम सुरु गरेको छ । नवलपुरको चोरमारा, अरुणखोला लगायतका उकालो-ओरालो खण्डमा नवनिर्मित सडक दुई देखि तीन इन्चसम्म दबेको र केही भाग उठेका कारण मर्मत थालिएको हो ।तस्बिरमा देखिए अनुसार, गुडिरहेका […]
