कोटथर स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

नवलपरासी (बर्दघाट सुस्तापूर्व) । बुलिङटार गाउँपालिका–१, कोटथरस्थित कोटथर स्वास्थ्य चौकीमा दुई वर्षमुनिका बालबालिका तथा उनीहरूका आमाको सहभागितामा ‘खोपसँगै सरसफाइ’ सम्बन्धी विशेष कार्यक्रम सम्पन्न भएको छ । बालबालिकाको स्वास्थ्य सुरक्षा, रोगको रोकथाम तथा सरसफाइसम्बन्धी सकारात्मक व्यवहारको विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नियमित खोप सेवा प्रदान गर्नुका साथै आमाहरूलाई बालस्वास्थ्य प्रवर्द्धन, व्यक्तिगत स्वच्छता र सरसफाइसम्बन्धी […]
डाँडाझेरी स्वास्थ्य चौकीमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

बुलिङटार, नवलपुर। डाँडाझेरी स्वास्थ्य चौकीमा दुई वर्षमुनिका बालबालिका तथा उनीहरूका आमाहरूको सहभागितामा ‘खोपसँगै सरसफाइ’ सम्बन्धी विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । बालबालिकाको स्वास्थ्य प्रवर्द्धन, रोगको रोकथाम तथा सरसफाइसम्बन्धी स्वस्थ बानीको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा नियमित खोप सेवासँगै सरसफाइ र व्यक्तिगत स्वच्छतासम्बन्धी सचेतना प्रदान गरिएको थियो । कार्यक्रमअन्तर्गत दुई वर्षमुनिका बालबालिकालाई राष्ट्रिय […]
तल्लो तहको सुझाव सुनेर कार्यान्वयन गर्न सके मात्रै बलियो बन्छ एमाले

नवलपुर । नेकपा (एमाले) लाई जनस्तरमा थप सशक्त बनाउन तल्लो तहका कार्यकर्ताको आवाज सुन्ने, उनीहरूका सुझावअनुसार योजना बनाउने र पार्टीका निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने नेतृत्व आवश्यक रहेको औँल्याइएको छ । नेकपा (एमाले) नवलपुरले बुलिङटार गाउँपालिकामा आयोजना गरेको पालिकास्तरीय पार्टी जागरण अभियानको सुरुवातमा बोल्ने नेता तथा कार्यकर्ताले पार्टीलाई बलियो बनाउन नेतृत्व र कार्यकर्ताबीचको दूरी घटाउनुपर्नेमा […]
बुलिङटार–१ कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण हुँदै

बुलिङटार ०६ नवलपुर । नवलपुर जिल्लाको बुलिङटार गाउँपालिका–१, कोटथरमा मौला तथा नवदुर्गा मन्दिर निर्माण भइरहेको छ । स्थानीय धार्मिक आस्था, संस्कृति, परम्परा र पहिचानसँग जोडिएका यी मन्दिर निर्माणले गाउँको धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ । मौला तथा नवदुर्गा मन्दिर स्थानीयवासीको धार्मिक विश्वास र आस्थासँग जोडिएका पवित्र स्थल हुन् । यस्ता […]
बाढीपीडित तिल नारायण श्रेष्ठलाई रु. ८६ हजार २७० आर्थिक सहयोग हस्तान्तरण

बुलिङटार, कार्तिक १ । डाँडाझेरी गैँडाकोट विकास समाजको पहलमा असोज ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षाका कारण घर पूर्ण रूपमा क्षति भएका नवलपुरको बुलिङटार गाउँपालिका–२, भाङबारी निवासी तिल नारायण श्रेष्ठलाई रु. ८६ हजार २७० आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । बाढीपहिरोका कारण घर पूर्ण रूपमा क्षति भई समस्यामा परेका श्रेष्ठको परिवारलाई राहत पुगोस् भन्ने […]
बुलिङटारमा मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरी नियन्त्रणमा, दुई जना पक्राउ

बुलिङटार ३० असाेज । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बुलिङटार गाउँपालिकामा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मिति २०८३ साल असोज २७ गते बिहान करिब २:३० बजे बुलिङटार गाउँपालिका–१ स्थित एक घरको आँगनमा पार्किङ गरी राखिएको मोटरसाइकल चोरी भएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो […]
देवघाट–बुलिङटार जोड्ने पुल क्षतिग्रस्त, दशैँको मुखमा स्थानीयवासीलाई सास्ती

नवलपुर २७ असाेज । तनहुँको देवघाट गाउँपालिका–२ खाल्टे र नवलपुरको बुलिङटार गाउँपालिका–१ ढाडबेसी जोड्ने पुल बाढीका कारण क्षतिग्रस्त हुँदा स्थानीयवासीको आवागमन प्रभावित भएको छ । दशैँ नजिकिँदै गर्दा पुल क्षतिग्रस्त बनेपछि स्थानीयले आवतजावतमा थप सास्ती खेप्नुपरेको छ । बाढीले क्षति पुर्याएको पुलको समस्या समाधान गरी आवागमन सहज बनाउन सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने स्थानीयवासीको अपेक्षा […]
बुलिङटारमा श्री अरुणोदय युवा क्लबको ३१औँ वार्षिक उत्सव हुँदै, राष्ट्रिय कलाकारको बेजोड प्रस्तुति रहने

बुलिङटार २६ असोज नवलपरासी पूर्व। नवलपरासी पूर्वको बुलिङटार गाउँपालिका–१, डाँडबेसी स्थित श्री अरुणोदय युवा क्लबले आफ्नो ३१औँ वार्षिक उत्सवको अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारासहित आयोजना हुन लागेको वार्षिक उत्सवमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, लोकदोहोरी धमाका र […]
बुलिङटारमा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न, सेवा प्रवाह थप प्रभावकारी बनाउने प्रतिबद्धता

बुलिङटार २३ असाेज । बुलिङटार गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिका तथा वडा कार्यालयबाट सम्पादित कार्य, प्रगति तथा उपलब्धिको समीक्षा गर्दै आगामी कार्यदिशाका विषयमा छलफल गरिएको छ । गाउँपालिकाको गाउँसभाहलमा बिहीबार (२०८३ असोज २२ गते) सम्पन्न वार्षिक समीक्षा कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा तथा वडा कार्यालयबाट आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित प्रमुख कार्य, प्रगति र उपलब्धिबारे […]
नवलपुरका तीन गाउँपालिकाका युवालाई सीटीईभीटी तह–२ परीक्षाको निःशुल्क तयारी कक्षा

नवलपुर २१ असोज । असल छिमेकी नेपाल पोखराले नवलपुरका बुलिङटार, हुप्सेकोट र बौदीकाली गाउँपालिकाका युवालाई लक्षित गरी सीटीईभीटी तह–२ परीक्षाको निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । युवा लक्षित रोजगार तथा उत्पादकत्व अभिवृद्धि परियोजना अन्तर्गत प्लम्बिङ र इलेक्ट्रिसियन विषयमा ३० दिने तयारी कक्षा सञ्चालन गर्न लागिएको हो । दुवै विषयमा १५/१५ जना सहभागी रहने […]
