बुलिङटार–३ मा आँखा उपचार केन्द्र सञ्चालनमा, स्थानीयस्तरमै सेवा उपलब्ध

बुलिङटार, असोज १६ — नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बुलिङटार गाउँपालिका–३ मा नवस्थापित आँखा उपचार केन्द्रको औपचारिक सेवा शुभारम्भ गरिएको छ । भरतपुर आँखा अस्पताल, नेपाल नेत्रज्योति संघ/हिरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थान र बुलिङटार गाउँपालिकाबीचको सहकार्यमा स्थापना गरिएको केन्द्रको एक समारोहबीच गाउँपालिका अध्यक्ष ई. दिपेन्द्र सुनारीले रिबन काटेर विधिवत् उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई […]

बुलिङटारमा नेपाली कांग्रेसको १५औँ अधिवेशनबाट यामबहादुर झेडी मगर विजयी

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को बुलिङटार गाउँपालिकामा सम्पन्न नेपाली कांग्रेसको १५औँ अधिवेशनबाट यामबहादुर झेडी मगर विजयी हुनुभएको छ । अधिवेशनमा कुल १६२ मतमध्ये १५२ मत खसेको थियो। मतदानमा यामबहादुर झेडी मगरले ८५ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी मोहन पाटकलले ६७ मत प्राप्त गर्नुभएको थियो। झेडी मगरले प्रतिस्पर्धीलाई १८ मतको अन्तरले पछि पार्दै विजय […]

बुलिङटारमा बाढीपहिरो पीडित तिल नारायण श्रेष्ठको परिवारलाई डाँडाझेरी गैंडाकोट विकास समाजद्वारा राहत सहयोग

बुलिङटार, १३ असोज । नवलपुर जिल्लाको बुलिङटार गाउँपालिका वडा नं. २, डाँडाझेरी, भाङबारी टोल निवासी तिल नारायण श्रेष्ठको घर अविरल वर्षाका कारण आएको बाढीपहिरोले पुरिएर पूर्ण रूपमा क्षति भएको छ । पीडित तिल नारायण श्रेष्ठ डाँडाझेरी गैंडाकोट विकास समाजका संस्थापक सदस्य रूप नारायण श्रेष्ठका दाजु हुनुहुन्छ । विपद्को यस घडीमा डाँडाझेरी गैंडाकोट विकास समाजले पीडित […]

बुलिङटारमा बाढीको वितण्डा: २२ दिनकी सुत्केरी र नवजात शिशुको सुरक्षित उद्धार

नवलपरासी (बर्दघाट-सुस्ता पूर्व), १२ असोज । निरन्तरको अविरल वर्षाका कारण बुलिङटार गाउँपालिका–२, भाङबारी क्षेत्र लेदोसहितको बाढी र डुबानले आक्रान्त बनेको छ । पहाडबाट खसेको लेदोसहितको बाढी स्थानीय तिल नारायण श्रेष्ठको घरमा पस्दा त्यहाँ रहेका २२ दिनकी सुत्केरी महिला र नवजात शिशुको जीवन गम्भीर जोखिममा परेको थियो । वडा अध्यक्ष कमल राज बाकाबल मगर, वडा सभापति […]

कालीगण्डकी नदीले पुलको पहुँचमार्ग बगाएपछि आवतजावत अवरुद्ध

बौदीकाली १० असोज । कालीगण्डकी नदीमा आएको बाढीले नवलपुरको बौदीकाली गाउँपालिका–२ डेढगाउँ र तनहुँको घिरिङ गाउँपालिका–५ मन्दार जोड्ने मोटरेबल पुलको डेढगाउँतर्फको पहुँचमार्ग बगाएपछि आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको हो । नदीको तीव्र कटानकाका कारण पुलको पहुँचमार्ग बगेपछि उक्त पुलबाट सवारीसाधन तथा पैदल यात्रुको आवतजावतसमेत बन्द भएको जनाइएको छ । बाढीका कारण पुलको पहुँचमार्गमा क्षति पुगेपछि […]

नवलपुरमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम गरी मनाइयो विश्व फर्मेसी दिवस

गैंडाकोट ९ असोज । जहाँ औषधि, त्यहाँ फर्मासिस्ट’ भन्ने मूल नाराका साथ नेपाल फर्मेसी संघ (PHAN) जिल्ला कार्यसमिति नवलपुरको आयोजनामा विश्व फर्मेसी दिवस भव्य रूपमा मनाइएको छ । दिवसको अवसरमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल फर्मेसी संघ नवलपुरकी वरिष्ठ उपाध्यक्ष शोभा शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल फर्मेसी संघका केन्द्रीय सह-कोषाध्यक्ष […]

बुलिङटारमा करदाता सेवा विस्तार: स्थानीय सरकारको प्रयासमा नागरिकलाई गाउँमै प्यान (PAN) कार्ड सुविधा

बुलिङटार ०७ भदौ । नवलपुर बुलिङटार गाउँपालिकाका नागरिक तथा सेवाग्राहीहरूका लागि सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, सरल र सहज बनाउने उद्देश्यले गाउँपालिकामा करदाता सेवा (PAN) सम्बन्धी सेवा विस्तार गरिएको छ । गाउँपालिकाको यो नयाँ कार्यले स्थानीय नागरिकहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। यस सेवाको विस्तारसँगै अब स्थानीय बासिन्दाहरूले व्यक्तिगत वा व्यावसायिक प्यान (PAN) कार्ड […]

बुलिङटारमा श्री अरुणोदय युवा क्लबको ३९औँ वार्षिक उत्सव हुँदै

बुलिङटार ०७ असोज ।  बुलिङटार गाउँपालिका–१ डाँडबेसीस्थित श्री अरुणोदय युवा क्लबले आफ्नो ३९औँ वार्षिक उत्सव विविध कार्यक्रमसहित आयोजना गर्ने भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुने उत्सवमा वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितासँगै विभिन्न सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुने क्लबले जनाएको छ । उत्सवअन्तर्गत २०८३ कात्तिक ४ गते […]

रुद्र बहादुर आलेको नेतृत्वमा नेपाली कांग्रेस बुलिङटार–४ को वडा कार्यसमिति सर्वसम्मत चयन

बुलिङटार ४ असोज । बुलिङटार गाउँपालिकामा नेपाली कांग्रेसको १५औं महाधिवेशन अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका वडा नं. ४ को वडा अधिवेशनबाट रुद्र बहादुर आलेको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको छ । अधिवेशनले आलेको सभापतित्वमा अन्य पदाधिकारी तथा सदस्यहरू सहितको नयाँ वडा कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिलाई […]

१८ वर्षीया बोलिना गरंजा मगर नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुलिङटार गाउँपालिका–२ मा सम्पन्न वडा अधिवेशनबाट १८ वर्षीया बोलिना गरंजा मगर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी छन् । सानै उमेरमा नेपाली कांग्रेसको संगठनात्मक प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएपछि बोलिनाको राजनीतिक यात्रालाई युवा पुस्ताको सहभागिताका रूपमा हेरिएको छ । १८ वर्षमै क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएकी […]