गैँडाकोटमा कार र ट्रक ठोक्किँदा दुर्घटना, चालक भाग्यवश सामान्य घाइते

गैँडाकोट, भदौ ५ गते । गैँडाकोटमा पूर्वबाट आउँदै गरेको एक कार र पश्चिमबाट जाँदै गरेको ट्रक एकआपसमा ठोक्किँदा सुखद संयोगवश कार चालक सामान्य घाइते भएका छन् । आज बिहान गैँडाकोट सडक खण्डमा बागमती प्रदेश ०१-०३४ च ७४१० नम्बरको ओमोडा (OMODA) ब्रान्डको कालो कार र विपरीत दिशाबाट आउँदै गरेको ना ८ ख ४४८८ नम्बरको ट्रकबीच टक्कर […]
शिव माविको कमजोर नतिजा: शिक्षक र व्यवस्थापनको लापरबाहीप्रति अभिभावकको आक्रोश

बुलिङटार ५ भदौ । नवलपुर जिल्लाको बुलिङ्टार–६, अत्रौलीस्थित श्री शिव माध्यमिक विद्यालयमा पहिलो त्रैमासिक परीक्षाको अत्यन्त कमजोर नतिजाप्रति अभिभावकहरूले गम्भीर आपत्ति जनाएका छन् । अभिभावकहरूको भनाइअनुसार, विद्यार्थी असफल हुनुको दोष विद्यार्थी र अभिभावकमाथि मात्र थोपरेर शिक्षक तथा विद्यालय व्यवस्थापन आफ्नो जिम्मेवारीबाट उम्किन मिल्दैन । अभिभावकहरूका अनुसार शिक्षकहरू नियमित विद्यालय नआउने, अनावश्यक बिदा बस्ने, विद्यालयमा उपस्थित […]
जापानको फुकुओकामा नेपाली युवतीको हत्या, नाकागावा नदीमा भेटियो शव

टोल बहादुर राना मगर जापान जापानको फुकुओका सहरको तेन्जिनस्थित नाकागावा नदीमा एक महिलाको शव फेला परेको घटनालाई प्रहरीले हत्या भएको निष्कर्ष निकालेको छ। घटनाको अनुसन्धानका लागि प्रहरीले विशेष अनुसन्धान टोली गठन गरेको छ। मृतक फुकुओका सहरको चुओ वार्डमा रहेको एक व्यावसायिक विद्यालयमा अध्ययनरत २५ वर्षीया नेपाली नागरिक राजबंशी लक्ष्मी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार […]
हराएका साढे दुई वर्षीय बालक ३ दिनपछि जंगलमा सकुशल फेला

नवलपुर, भदौ ४ गते। पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४ भागरबाट हराएका साढे दुई वर्षीय बालक तीन दिनपछि जंगलमा सकुशल फेला परेका छन् । आफ्नी हजुरआमा हेमकुमारी आले च्याउ टिपेर घर फर्किने क्रममा ती बालक अचानक हराएका थिए । बालक हराएलगत्तै स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उनको खोजी कार्यलाई तीव्र बनाएका थिए । बालकको […]
बाँझो जग्गामा फलफूल र दलहन खेती: ढाँडबेसी टोल विकास संस्थाको उदाहरणीय कार्य

बुलिङटार ०१ नवलपुर। नवलपुरको बुलिङटार गाउँपालिका वडा नं. १ स्थित ढाँडबेसी टोल विकास संस्थाले आफ्नो क्षेत्रमा एक उदाहरणीय कृषि कार्य सम्पन्न गरेको छ । संस्थाले बुलिङटार गाउँपालिकाको कृषि शाखासँग समन्वय गरी स्थानीय ‘थाम ढिक पाखा’ मा रहेको बाँझो जग्गाको सदुपयोग गरेको हो । उक्त बाँझो जग्गालाई उपयोगमा ल्याउन पहिलो चरणमा विभिन्न फलफूलका बिरुवाहरू रोपिएका छन् […]
गण्डकी प्रदेशमै पहिलो पल्ट हुप्सेकोट गाउँपालिकाबाटै मालपोत तथा नापी कार्यालयको सेवाको सुभारम्भ

हुपसेकोट ३१ साउन । नवलपुरको हुप्सेकोट गाउँपालिकाले पालिकाबाटै मालपोत तथा नापी कार्यालयको सेवा दिन सुरु गरेर यो सेवा सुरु गर्ने गण्डकी प्रदेशकै पहिलो पालिका बनेको छ । मालपोत तथा नापीबाट लिनुपर्ने सेवा पालिकाबाटै दिन सुरु गरिए पछि अब स्थानिय सर्वसाधारणलाई सदरमुकाम कावासोती धाउनु पर्ने शास्ती हट्ने भएको छ । यो सगैं हुप्सेकोट गाउँपालिका, पालिकामानै मालपोत […]
पूर्व-पश्चिम राजमार्गमा बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु, एक गम्भीर

देवचुली २८ साउन । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका वडा नं. १७ झरहेखोला (बेल्डिया) मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । बुधबार बिहान करिब १०:५५ बजे डण्डाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख २३०३ नम्बरको बसले बेल्डियाबाट रजहरतर्फ आउँदै गरेको ग […]
बुलिङटार गाउँपालिका वडा नं. ६ मा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सम्पन्न

बुलिङटार १८ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को पहाडी क्षेत्रमा अवस्थित बुलिङटार गाउँपालिका वडा नं. ६ मा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । वडा कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा वडाभित्र रहेका लक्षित वर्गका लाभग्राहीहरूलाई चालु त्रैमासिक अवधिको भत्ता वितरण गरिएको हो । भत्ता वितरण कार्यक्रममा वडा नं. ६ (भारतिपुर) का ज्येष्ठ नागरिक, […]
अस्पताल भवनको आवासीय प्रयोगबारे गाउँपालिकाको स्पष्ट सन्देश: ‘सेवा प्रवाहलाई सहज बनाउन अस्थायी व्यवस्था’

बुलिङटार १६ साउन । बुलिङटार गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र, सिङ्गुवाको नयाँ भवनको दोस्रो तलाका केही कोठा स्वास्थ्यकर्मीको अस्थायी आवासका रूपमा प्रयोग गरिएको विषयमा स्पष्टिकरण दिएको छ । सामाजिक सञ्जालमा उक्त विषयलाई लिएर विभिन्न टिप्पणीहरू आएपछि गाउँपालिका, अस्पताल व्यवस्थापन समिति, स्वास्थ्य चौकी प्रमुख तथा अस्पताल प्रशासनले संयुक्त रूपमा ध्यानाकर्षण जनाउँदै हालको व्यवस्था पूर्ण रूपमा अस्थायी भएको […]
कावासोतीमा ट्रकको ठक्करबाट वृद्धको मृत्यु; शंकास्पद ट्रक नियन्त्रणमा, चालक फरार

कावासोती १६ साउन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोतीमा ट्रकको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । कावासोती नगरपालिका–८ हलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान यो दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का अनुसार कावासोतीबाट डण्डातर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले पैदलयात्री स्थानीय ७९ वर्षीय तुलसी प्रसाद च्वाईलाई ठक्कर दिएको […]
