बुलिङटार वडा नं. १ को ढाँडबेसी थामडाँडामा वृक्षारोपण सम्पन्न

बुलिङटार, साउन १६ । बुलिङटार गाउँपालिका वडा नं. १ढाँडबेसी स्थित थामडाँडामा एक विशेष कार्यक्रमका बीच वृक्षारोपण कार्य सम्पन्न भएको छ । ढाँडबेसी टोल विकास संस्थाका अध्यक्ष भोज कुमार दिसुवाको विशेष पहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो । ढाँडबेसी टोल विकास संस्थाको आयोजना तथा बुलिङटार गाउँपालिका कृषि शाखाको प्राविधिक एवं सामग्री सहयोगमा थामडाँडा क्षेत्रमा वृक्षारोपण गरिएको […]
भौगोलिक विकटताका बाबजुद बुलिङटार वडा नं. ५ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

बुलिङटार १५ साउन । नवलपरासी (ब.सु.पु.)भौगोलिक रूपमा विकट मानिने बुलिङटार गाउँपालिका वडा नम्बर ५ मा सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु भएको छ । वडा कार्यालयले गाउँमै सेवा उपलब्ध गराएपछि स्थानीय ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलाहरू निकै खुसी भएका छन्।विकट भूगोलका कारण बैंकसम्म पुग्न निकै सास्ती खेप्नुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यस पटक […]
भौगोलिक विकटताका बाबजुद बुलिङटार वडा नं. ४ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु

बुलिङटार १४ साउन । बुलिङटार गाउँपालिका वडा नं. ४ मा बिहीबारदेखि सामाजिक सुरक्षा भत्ता वितरण कार्य सफलतापूर्वक शुभारम्भ गरिएको छ । वर्षातको समयमा भत्किएका सडक र अत्यन्तै कठिन बाटोका बाबजुद पनि स्थानीय प्रशासन र जनप्रतिनिधिहरूको विशेष सक्रियतामा भत्ता वितरण कार्य सहज रूपमा अघि बढाइएको हो । चुनौतीपूर्ण र जोखिमपूर्ण अवस्थालाई चिर्दै लक्षित वर्गका नागरिकलाई उनीहरूकै […]
बुलिङटार वडा नं. ३ मा चौथो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण सुरु

नवलपुर, १३ साउन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका वडा नं. ३ मा आर्थिक वर्ष २०८३/८४ को चौथो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम आजदेखि औपचारिक रूपमा सुरु भएको छ । गाउँपालिका तथा वडा कार्यालयको चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार लक्षित वर्गका नागरिकहरूलाई पायक पर्ने स्थानबाट सामाजिक सुरक्षा भत्ता वितरण कार्य प्रारम्भ […]
मुग्लिन-नारायणगढ सडकखण्ड राती ८ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रूपमा बन्द रहने

चितवन १२ साउन । मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएपछि आज रातीदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सार्वजनिक सूचना जारी गर्दै पहिरो खस्ने क्रम निरन्तर जारी रहेको र रातिको समयमा सवारी आवागमन सुचारु राख्दा मानवीय जोखिम हुनसक्ने भएकाले […]
देवचुली-१६ को बाह्रकोल-बेलस्वारा सडकखण्ड अवरुद्ध, स्थानीयलाई सास्ती

नवलपुर १३साउन । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १६ अन्तर्गत पर्ने पहाडी बस्तीहरू बाह्रकोल र बेलस्वारा जाने सडक वर्षायाम सुरु हुनासाथ स्थानीयवासीका लागि ठूलो सास्तीको कारण बन्ने गरेको छ । हरेक वर्ष वर्षाको समयमा सडकमा पहिरो जाने, बाटो हिलाम्मे हुने र ठाउँ–ठाउँमा सडक अवरुद्ध हुने समस्याले गर्दा स्थानीय नागरिकहरू जोखिमपूर्ण एवं कष्टकर यात्रा गर्न बाध्य […]
बुलिङटार वडा नं. २ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता

बुलिङटार १२ साउन । बुलिङटार गाउँपालिका वडा नं. २ मा सामाजिक सुरक्षा भत्ता वितरण कार्य आजदेखि औपचारिक रूपमा प्रारम्भ भएको छ । वडा कार्यालयले यस पटकको भत्ता वितरण कार्यमा अपाङ्गता भएका लाभग्राहीहरूलाई पहिलो प्राथमिकतामा राखेर वितरण कार्यको सुरुवात गरेको हो । वडाले सामाजिक रूपमा पछाडि परेका र फरक क्षमता भएका नागरिकको सहजतालाई ध्यान दिँदै यस्तो […]
बुलिङटारको वडा नं. १ बाट सामाजिक सुरक्षा भत्ता वितरण शुभारम्भ

बुलिङटार ११ साउन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिकामा आजदेखि सामाजिक सुरक्षा भत्ता वितरण कार्य औपचारिक रूपमा शुभारम्भ भएको छ। गाउँपालिकाको वडा नम्बर १ बाट यो सेवाको सुरुवात गरिएको हो । गाउँपालिकाले ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति तथा अन्य लक्षित वर्गका लाभग्राहीहरूलाई सहज, व्यवस्थित र पारदर्शी रूपमा भत्ता उपलब्ध गराउने उद्देश्यले […]
लमजुङमा घाँसी खड्कबहादुर ठाडामगरको शालिक तोडफोड; मगर लेखक संघद्वारा घोर भत्सर्ना

लमजुङ ९ साउन । लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ४, रम्घास्थित भानुघाँसी पार्कमा रहेको घाँसी खड्कबहादुर ठाडामगरको शालिक तोडफोड भएको छ । अज्ञात समूहद्वारा रातिको समयमा गरिएको यस बर्बर र कायरतापूर्ण तोडफोडको घटनाप्रति नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण गराउँदै घोर भत्सर्ना गरेको छ । नेपाल मगर लेखक संघ, गण्डकी प्रदेशका […]
राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालय नवलपुरले बढायो सेवाको समय, केही दिन कार्ड वितरण रोकियो

नवलपरसी ७ साउन । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण र फोटो खिच्ने (Enrollment) कार्यका लागि नयाँ व्यवस्था लागू गरेको छ । चालू आर्थिक वर्षको सुरुवाती दिनदेखि नै सेवाग्राहीको अत्यधिक चाप बढेकाले साउन ११ गतेदेखि लागू हुने गरी निम्न निर्णयहरू गरिएको छ:सेवा प्रवाहको समय थपसेवाग्राहीको उच्च चापलाई मध्यनजर गर्दै साउन […]
