भोटेकोशी बाढीपीडितका लागि छत्तीसा देवी माविका विद्यार्थीले जुटाए ९ हजार १४० रुपैयाँ

बुलिङटार, नवलपुर । बुलिङटार गाउँपालिका–१, थामबेसीस्थित श्री छत्तीसा देवी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले भोटेकोशी बाढीपीडितका लागि सहयोगस्वरूप संकलन गरेको रु. ९ हजार १४० प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको छ । बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले विद्यालयका विद्यार्थी भाइबहिनीहरूले स्वेच्छिक रूपमा रकम संकलन गरेका थिए। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको हो […]
बुलिङटारको सिर्जना महिला समूहले तीजको खर्च कटाएर बाढीपीडितलाई १० हजार सहयोग

बुलिङटार १९ भदौ । नवलपुरको बुलिङटार गाउँपालिका–१ ढाँडबेँसीमा स्थापित सिर्जना महिला समूहले गत भदौ १० गते भोटेकोसीमा आएको बाढीबाट प्रभावित समुदायलाई रु. १० हजार आर्थिक सहयोग गरेको छ । बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले समूहले उक्त रकम सहयोग गरेको हो। विपद्को समयमा मानवीय सहयोग र सामाजिक उत्तरदायित्व बहन गर्दै समूहले […]
बुलिङटारको डाँडाझेरी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (MSS) प्रगति समीक्षा कार्यक्रम सम्पन्न

बुलिङटार १९ नवलपुर । बुलिङटार गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा डाँडाझेरी स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards – MSS) सम्बन्धी प्रगति लेखाजोखा तथा समीक्षा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । स्वास्थ्य संस्थाबाट प्रवाह हुने सेवाहरूलाई अझ प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा डाँडाझेरी स्वास्थ्य चौकीको वर्तमान […]
कोटथर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (MSS) प्रगति समीक्षा

बुलिङटार १८ भदौ । बुलिङटार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बुलिङटार गाउँपालिका–१ थामबेसीस्थित कोटथर स्वास्थ्य चौकीमा न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards–MSS) कार्यान्वयन तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य संस्थाबाट प्रवाह हुँदै आएका सेवाहरूलाई थप प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्वास्थ्य चौकीको वर्तमान अवस्था, उपलब्ध स्वास्थ्य सेवा, भौतिक पूर्वाधार, जनशक्ति […]
बुलिङटारमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

नवलपुर १८ भदौ । बुलिङटार गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको पालिकास्तरीय वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दिलमाया रानाको अध्यक्षता रहेको थियो । कार्यक्रममा गाउँपालिकाअन्तर्गतका आधारभूत अस्पताल, स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको सहभागिता रहेको थियो । समीक्षा कार्यक्रममा […]
बुलिङटारमा स्थानीय बजार अनुगमन : ‘कारबाहीभन्दा पहिले सुधार, नियन्त्रणभन्दा पहिले सहजीकरण’

बुलिङटार १७ नवलपुर । बुलिङटार गाउँपालिकाले स्थानीय बजारमा बिक्री वितरण भइरहेका वस्तु तथा सेवाको गुणस्तर, मूल्य तथा उपभोक्ता हितको अवस्थाबारे अनुगमन तथा निरीक्षण गरेको छ । बुधबार २०८३ साल भदौ १७ गते गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, उपाध्यक्ष, वडा अध्यक्ष, लेखा अधिकृत, प्रशासन अधिकृत तथा बुलिङटार प्रहरी चौकीको संयुक्त टोलीले बुलिङटार गाउँपालिका–३ मा बजार अनुगमन तथा […]
कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु

गैँडाकोट, ६ भदौ । नवलपुरको गैँडाकोट नगरपालिका–३ महेशखोला नजिकै कालीगण्डकी करिडोरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बुलिङटारबाट ढोडेनीतर्फ आउँदै गरेको ना.२९ प ६७०७ नम्बरको मोटरसाइकल उकालो सडकमा नियन्त्रण गुमाएर दुर्घटना भएको हो । दुर्घटनामा परि बुलिङटार-१ देउडा घर भई हाल गैँडाकोट-३ ढोडेनीस्थित मामाघर बस्दै आएका अन्दाजी ४०/४२ वर्षीय हिराबहादुर सारुको निधन भएको […]
हस्तान्तरण नहुँदै नारायणघाट–बुटवल सडक भासियो, चिनियाँ कम्पनीद्वारा पुनः मर्मत सुरु

नवलपुर, ६ भदौ । नारायणघाट–बुटवल सडक खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेर सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेका बेला सडक भासिएपछि चिनियाँ निर्माण कम्पनीले पुनः मर्मतको काम सुरु गरेको छ । नवलपुरको चोरमारा, अरुणखोला लगायतका उकालो-ओरालो खण्डमा नवनिर्मित सडक दुई देखि तीन इन्चसम्म दबेको र केही भाग उठेका कारण मर्मत थालिएको हो ।तस्बिरमा देखिए अनुसार, गुडिरहेका […]
गैँडाकोटमा कार र ट्रक ठोक्किँदा दुर्घटना, चालक भाग्यवश सामान्य घाइते

गैँडाकोट, भदौ ५ गते । गैँडाकोटमा पूर्वबाट आउँदै गरेको एक कार र पश्चिमबाट जाँदै गरेको ट्रक एकआपसमा ठोक्किँदा सुखद संयोगवश कार चालक सामान्य घाइते भएका छन् । आज बिहान गैँडाकोट सडक खण्डमा बागमती प्रदेश ०१-०३४ च ७४१० नम्बरको ओमोडा (OMODA) ब्रान्डको कालो कार र विपरीत दिशाबाट आउँदै गरेको ना ८ ख ४४८८ नम्बरको ट्रकबीच टक्कर […]
शिव माविको कमजोर नतिजा: शिक्षक र व्यवस्थापनको लापरबाहीप्रति अभिभावकको आक्रोश

बुलिङटार ५ भदौ । नवलपुर जिल्लाको बुलिङ्टार–६, अत्रौलीस्थित श्री शिव माध्यमिक विद्यालयमा पहिलो त्रैमासिक परीक्षाको अत्यन्त कमजोर नतिजाप्रति अभिभावकहरूले गम्भीर आपत्ति जनाएका छन् । अभिभावकहरूको भनाइअनुसार, विद्यार्थी असफल हुनुको दोष विद्यार्थी र अभिभावकमाथि मात्र थोपरेर शिक्षक तथा विद्यालय व्यवस्थापन आफ्नो जिम्मेवारीबाट उम्किन मिल्दैन । अभिभावकहरूका अनुसार शिक्षकहरू नियमित विद्यालय नआउने, अनावश्यक बिदा बस्ने, विद्यालयमा उपस्थित […]
