भुइँकटहर खेतीबाट बन्दिपुरका किसानलाई मनग्य आम्दानी

नवलपुर ०७ साउन । नवलपुरको देवचुली नगरपालिका–५ स्थित बन्दिपुर गाउँमा यस वर्ष भुइँकटहरको उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । विगतका वर्षहरूको तुलनामा यस वर्ष करिब ५० लाख रुपैयाँ बराबरको भुइँकटहर उत्पादन गरी किसानहरूले सफल रूपमा बिक्री गरेका छन् । अहिले यहाँका स्थानीय किसानहरू उत्पादित भुइँकटहर बजार पुर्याउन र बिक्री गर्न निकै व्यस्त देखिन्छन्। गाउँमै व्यावसायिक […]
राष्ट्रिय परिचयपत्र लिन भीड बढेपछि चितवन प्रशासनद्वारा सेवा अवधि थप, कार्ड वितरण केही दिनका लागि स्थगित

चितवन ६ साउन । जिल्ला प्रशासन कार्यालय चितवनमा राष्ट्रिय परिचयपत्रको फोटो खिचाउने र कार्ड लिने सेवाग्राहीहरूको अत्यधिक चाप बढेको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि नै सेवाग्राहीको भीड नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रशासनले सेवा प्रवाहको समय बढाउने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ। कार्यालयले बुधबार एक जरुरी सूचना जारी गर्दै भोलि साउन ७ गतेदेखि लागू हुने […]
निजी शिक्षा र स्वास्थ्यमा प्रस्तावित ३ प्रतिशत ‘समता कर’ तत्काल लागू नहुने, सरकारद्वारा निर्णय स्थग

काठमाडौँ ०५ साउन । सरकारले चौतर्फी विरोध र जनस्तरबाट उठेका गुनासाहरूलाई सम्बोधन गर्दै निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरेको ३ प्रतिशत ‘समता कर’ तत्कालका लागि लागू नगर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको आवश्यक परामर्शपछि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हालका लागि कार्यान्वयन नगर्ने निर्णय भएको हो।उक्त कर अहिलेकै व्यवस्था […]
देवसत खोलाको बाढीले अर्खला–सुनारथुङ्की आवतजावत प्रभावित

टोल बहादुर राना मगर, बुलिङटार ३ असार । नवलपुरको बुलिङटार गाउँपालिका–४ स्थित अर्खला र सुनारथुङ्की गाउँलाई जोड्ने देवसत खोलामा वर्षायाममा आउने बाढीले स्थानीयको दैनिक आवतजावत प्रभावित हुँदै आएको छ । सामान्य वर्षा हुँदा पनि खोला उर्लिने भएकाले विद्यार्थी, किसान, व्यापारी र बिरामी बोकेर हिँड्ने स्थानीयलाई सास्ती हुने गरेको छ । वर्षायाममा खोलामा आएको बाढीका कारण […]
बुलिङटारमा ‘नवलपुर लोकतारा’ को स्थानीय प्रतिस्पर्धा साउन ३ गते हुने

बुलिङटार ३२ असार । बुलिङटार गाउँपालिकामा “लोक संस्कृति हाम्रो शान, नवलपुरको पहिचान” भन्ने मूल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, नवलपुरको आयोजकत्वमा नवप्रतिभाको महाभिडन्त ‘नवलपुर लोकतारा’ प्रतियोगिता अन्तर्गत बुलिङटार गाउँपालिकाको स्थानीय प्रतिस्पर्धा आयोजना हुने भएको छ । जिल्लाका ८ वटा पालिका तथा गाउँपालिकाहरूमा भिन्नभिन्नै अडिसन गर्ने योजना अनुसार बुलिङटार गाउँपालिकामा यो स्थानीय प्रतिस्पर्धा […]
‘मैना चरी लाई’ का गायक नारान पौडेलको साङ्गीतिक पुनरागमन: पुराना हिट गीतहरूको सम्झना गराउँदै नयाँ ‘आफ्नै पाराको’ गीत सार्वजनिक

चितवन २९ असार । चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ मा जन्मिनुभएका प्रतिष्ठित लोक तथा दोहोरी गायक नारान पौडेल करिब डेढ दशक (१५-१६ वर्ष) अघिदेखिको आफ्नो साङ्गीतिक यात्रालाई फेरि नयाँ उचाइमा पुर्याउने तयारीमा जुट्नुभएको छ । विगतमा आफ्ना केही नितान्त व्यक्तिगत र व्यावहारिक समस्याका कारण सङ्गीत क्षेत्रबाट केही समय टाढा रहनुभएका पौडेल अहिले पूर्ण तयारीका […]
सुत्र (SuTRA) प्रणालीमा प्राविधिक समस्या: गैँडाकोटमा चालु आर्थिक वर्षका योजनाहरूको भुक्तानी रोकियो

गैँडाकोट २६ असार । गैँडाकोट नगरपालिकामा चालु आर्थिक वर्ष २०८२/०८३ का विभिन्न योजना तथा कार्यक्रमहरूको भुक्तानी प्रक्रिया रोकिएको छ । भुक्तानी प्रणाली ‘सुत्र’ (SuTRA) मा आएको देशव्यापी प्राविधिक गडबडीका कारण भुक्तानी हुन नसकेको नगरपालिकाले जनाएको छ । नगरपालिकाद्वारा जारी सूचना अनुसार, आ.व. २०८२/०८३ का योजनाहरूको भुक्तानीका लागि २०८३ असार १० गतेभित्र आवश्यक कागजातहरू कार्यालयमा पेस […]
बुलिङटार गाउँपालिकाको ७२.३२ प्रतिशत वित्तीय प्रगति

बुलिङटार २६ असार । बुलिङटार गाउँपालिका कार्यालयले आर्थिक वर्ष २०८२/८३ को प्रगति विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार गाउँपालिकाले कुल ७२.३२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । खर्चतर्फ गाउँपालिकाले चालुतर्फ ८०.१८ प्रतिशत र विकास बजेट (पुँजीगत) तर्फ ५४.८ प्रतिशत रकम खर्च गरेको जनाएको छ । गाउँपालिकाले आ-आफ्नो क्षेत्रमा विकास निर्माण र प्रशासनिक […]
कावासोतीमा इभी हाइसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते

असार २४, कावासोती (नवलपुर) ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोतीमा बुधबार दिउँसो एक विद्युतीय (इभी) हाइसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। कावासोती नगरपालिका वडा नं. २ स्थित इन्द्रचोकमा दिउँसो करिब ३:०० बजे उक्त दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिल पण्डितका अनुसार, दाउन्नेबाट नारायणगढतर्फ जाँदै […]
नवलपुरको नयाँ पर्यटकीय गन्तव्य ‘भर्लादी खोला झरना’: प्रवर्द्धनको पर्खाइमा

बुलिङटार १९ असार । नवलपुरको बुलिङ्टार गाउँपालिका-१, थामबेसीमा अवस्थित ‘भर्लादी खोला झरना’ प्राकृतिक सौन्दर्यको एक अनुपम उपहारका रूपमा ओझेलमा परेको छ । यस मनमोहक झरनाको बारेमा स्थानीय युवा समाजसेवी शिक्षक लोक प्रसाद रामदामले जानकारी दिनुभएको हो । हरियाली जङ्गल, अनौठा चट्टानी भू-भाग र पहाडको खोंचबाट बग्ने शीतल पानीको बहावले यो झरनालाई अत्यधिक मनमोहक बनाएको छ […]
