गैंडाकोटबाट नर्सिङ अध्ययनरत सन्तोषी श्रेष्ठ बेपत्ता, खोजीका लागि प्रहरीको अनुरोध

गैंडाकोट १७ असार । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका वडा नं. ०२ नयाँबजारमा बस्ने २८ वर्षीया सन्तोषी श्रेष्ठ घरपरिवारलाई कुनै जानकारी नगराई बेपत्ता भएकी छिन् । भरतपुर अस्पतालमा बिएनएस नर्सिङ तेस्रो वर्षमा (BNS Nursing Third year) अध्ययनरत श्रेष्ठ कसैलाई केही नभनी घरबाट हिँडेकी र हालसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनको खोजीका लागि जिल्ला […]
बुलिङटार गाउँपालिक वडा नं २ द्वारा डाँडाझेरी गैंडाकोट विकास समाजलाई कम्प्युटर र टेबल सहयोग

बुलिङटार १७ असार । डाँडाझेरी गैंडाकोट विकास समाजको प्रशासनिक तथा संस्थागत कार्यलाई सहज बनाउने उद्देश्यले बुलिङटार गाउँपालिका वडा नं -२ ले एक थान कम्प्युटर सेट र टेबल प्रदान गरेको छ । बुलिङटार गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष कमल राज बकाबल मगरको विशेष पहलमा चालू आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेटबाट उक्त सामग्रीहरू समाजलाई […]
अनुदान सम्बन्धी सामाजिक सञ्जालमा आएका टिप्पणी र जिज्ञासाहरूका सम्बन्धमा आधिकारिक स्पष्टीकरण

बुलिङटार १५ असार । बुलिङटार गाउँपालिकाको बारेमा हाल सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूमा बुलिङटार गाउँपालिकाबाट वितरण गरिएको अनुदान सम्बन्धी सामग्री, विशेष गरी त्रिपाल वितरणको विषयलाई लिएर विभिन्न टिप्पणी, गुनासा तथा जिज्ञासाहरू सार्वजनिक भएको प्रति गाउँपालिकाको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा जानकारी गराउन चाहन्छौं कि गाउँपालिकाबाट Super Paulin 120 GSM १५*१८ sq feet साईजको त्रिपाल […]
गणेश धार्मिक क्षेत्रबारे फैलाइएका आरोपको संस्थाद्वारा खण्डन, तथ्यहीन भ्रम नफैलाउन आग्रह:

बुलिङटार १५ असार । बुलिङटार गाउँपालिकामा रहेको श्री गणेश धार्मिक क्षेत्र व्यवस्थापन समितिले सामाजिक सञ्जालमा मन्दिरको स्थापना, सञ्चालन, आर्थिक सहयोग तथा व्यवस्थापनलाई लिएर फैलाइएका आरोप र भ्रमप्रति विस्तृत स्पष्टिकरण सार्वजनिक गरेको छ । समितिले गणेश धार्मिक क्षेत्र कानुनी रूपमा दर्ता भएको सार्वजनिक संस्था भएको, आफ्नै जग्गा, पान नम्बर, बैंक खाता तथा व्यवस्थापन समिति रहेको उल्लेख […]
नवलपुरको कावासोतीमा स्कुटरले साइकललाई ठक्कर दिँदा तीन जना घाइते

नवलपुर, १४ असार । नवलपुरको कावासोतीमा स्कुटरले साइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । आइतबार (आज) साँझ अन्दाजी ६:३० बजेको समयमा कावासोती नगरपालिका वडा नं. १४ गोरसदी चोक स्थित भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो । डण्डाबाट सेतापानितर्फ जाँदै गरेको ग प्र ०४००२ प १३८० नम्बरको स्कुटर अनियन्त्रित भई गुडिरहेको साइकललाई ठक्कर […]
बुलिङटारमा मगर ढुट भाषाको स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तकबारे अन्तरक्रिया गोष्ठी सम्पन्न

बुलिङटार ११ असार । नवलपरासी (बर्दघाट-सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका मा मगर ढुट भाषामा समेत पठनपाठन सञ्चालन गर्ने उद्देश्यका साथ स्थानीय विषयको पाठ्यक्रम (कक्षा १–८) तथा कक्षा १–३ को पाठ्यपुस्तक (मगर र नेपाली भाषामा) मस्यौदा प्रतिवेदन प्रस्तुति तथा अन्तरक्रिया कार्यशाला गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आयोजित यस कार्यशालामा स्थानीय जनप्रतिनिधि, […]
बुलिङटार गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, कार्यक्रम र बजेट पारित

बुलिङटार १० असार । बुलिङटार गाउँपालिकाको गाउँसभाको १९औँ अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ। गाउँसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटले समृद्ध, आत्मनिर्भर र नागरिकमैत्री स्थानीय शासन निर्माणतर्फ गाउँपालिकाको विकास यात्रालाई थप स्पष्ट दिशा प्रदान गरेको छ। आगामी आर्थिक वर्षका लागि स्वीकृत नीति तथा कार्यक्रमले सुशासन र प्रभावकारी […]
बुलिङ्टारको श्री जनजागृति माविमा पनि ‘विद्यार्थीसँग अध्यक्ष कार्यक्रम’ सम्पन्न; कक्षा ८ देखि १० का विद्यार्थीले राखे समस्या

बुलिङ्टार ०६ असार । नवलपरासी (ब.सु.पू.)बुलिङ्टार गाउँपालिका कार्यालयको आयोजनामा सञ्चालित “विद्यार्थीसँग अध्यक्ष कार्यक्रम” अर्को विद्यालयमा पनि भव्य रूपमा सम्पन्न भएको छ । गाउँपालिकाको “बस्न योग्य, हेर्न लायक, समृद्ध बुलिङ्टार” भन्ने मूल नारालाई आत्मसाथ गर्दै यो विशेष संवाद कार्यक्रमको निरन्तरता दिइएको हो । बुलिङ्टार गाउँपालिकाका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । […]
बुलिङ्टारमा ‘विद्यार्थीसँग अध्यक्ष कार्यक्रम’ सम्पन्न; कक्षा ८ देखि १० का विद्यार्थीले राखे आफ्ना समस्या

बुलिङ्टार ०६ असार । बुलिङ्टार गाउँपालिका कार्यालयको आयोजनामा सञ्चालित “विद्यार्थीसँग अध्यक्ष कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ । गाउँपालिकाको “बस्न योग्य, हेर्न लायक, समृद्ध बुलिङ्टार” भन्ने मूल नारालाई आत्मसाथ गर्दै यो विशेष कार्यक्रम आयोजना गरिएको हो । बुलिङ्टार गाउँपालिकाका अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिकाको शिक्षा, युवा तथा […]
बुलिङटारको जन जागृति माविद्वारा वाली विज्ञानमा शत-प्रतिशत नतिजा सहित ऐतिहासिक सफलता

बुलिङटार ०५ असार । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बुलिङटार गाउँपालिका वडा नं. १, ढाँडबेसी स्थित श्री जन जागृति माध्यमिक विद्यालयले राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा १२ को परीक्षामा ऐतिहासिक सफलता हासिल गरेको छ । प्राविधिक धारतर्फको वाली विज्ञान (Plant Science) विषयमा विद्यालयको २०८२ को ब्याज (Batch) शत-प्रतिशत (१००%) नतिजाका साथ उत्तीर्ण हुन सफल भएको […]
