बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध

नवलपुर ४ साउन । बुटवल–नारायणगढ सडकअन्तर्गतको दाउन्ने खण्ड एक वर्षमा ६३ पटक अवरुद्ध भएको छ । २०८१ साउन १ गतेदेखि २०८२ असार ३२ गतेसम्म ६३ पटक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रमुख जनक बन्जाराका अनुसार पछिल्लो एक वर्षमा उक्त सडक पूर्ण वाआंशिक रूपमा अवरुद्ध भएको छ । यीमध्ये […]
गैँडाकोट विकासचोकमा गएराति एक घरमा सशस्त्र लुटपाट

गैँडाकोट २ असार । नवलपरासीको गैँडाकोट नगरपालिका–१ स्थित विकासचोकमा गएराति एक घरमा सशस्त्र लुटपाट भएको छ । घरेलु हतियार खुकुरीसहित आएका तीन जनाको समूहले राति करिब २ बजेतिर सरिता पौडेलको घरमा पसी ५ तोला सुन लुटेर फरार भएका छन् । पीडित सरिता पौडेलका अनुसार लुटेराहरुले मुखमा कपडा बाँधेर खुकुरी घाटीमा राख्दै सुनका गहना मागेका थिए। […]
पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाए

काठमाडौं ३२ असार । नेपाल आयल निगमले पेट्रोलियम पर्दाथको मूल्य घटाएको छ । निगमले हिजो राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
जनउत्थान सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेडको शाखा कार्यालय बुलिङटारले विभिन्न शीर्षकमा रकम भुक्तानी कार्यक्रम सम्पन्न

बुलिङटार ३१ असार । जनउत्थान सामुदायिक लघुबित्त बित्तिय संस्था लिमिटेडको शाखा कार्यालय बुलिङटारले “सुख पनि दुःख मा तपाइको बैंक जन उत्थान बैंक” भन्ने मुल नाराको साथ आ.व २०८१/०८२ विभिन्न शीर्षकमा रकम भुक्तानी कार्यक्रम सम्पन्न गरियो । आ.व २०८१/०८२ मा ग्राहक संरक्षण कोष तथा बिमा दाबिबाटसुत्केरी स्याहार – ६ जना = ९,०००/-, प्राकृतिक प्रकोप -१ जना […]
नवलपुरको कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

नवलपुर ३० असार । नवलपुरको कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ । नवलपुरको कावासोती ३ मा निर्माणाधिन नमुना सदरमुकाममा काम गर्ने क्रममा करेन्ट लागेर एक जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ । निर्माणाधिन सभा हलमा ड्रिल गर्ने क्रममा करेन्ट लागेर बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका २ घर भई हाल […]
काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज ल्याउने

काठमाडौं २९ असार । काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज ल्याउने भएको छ । मेयर बालेन्द्र शाह (बालेन) ले आज दिनको दुई बजे नगरसभा बोलाएका छन् । त्यसअघि बिहान कार्यपालिका बैठक बोलाइएको उनले जानकारी दिए । गत शुक्रबार बसेको ४०औं कार्यपालिका बैठकमा मेयर शाहले आज बजेट ल्याउन प्रस्ताव गरेका थिए । राजश्व […]
बुलिङटार वडा नं. ३ र वडा नं. ६ का प्रहरी चौकीलाई विविध राहत तथा उद्धार सामग्रीहरू वितरण

बुलिङटार २५ असार । बुलिङटार वडा नं. ३ र वडा नं. ६ का प्रहरी चौकीलाई विविध राहत तथा उद्धार सामग्रीहरू वितरण गरिएको छ । बुलिङटार गाउँपालिकाको समग्र विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि एक महत्वपूर्ण कदमस्वरूप, बुलिङटार गाउँपालिका अध्यक्ष श्री दिपेन्द्र सुनारी मगर र वडा नं. ३ का वडा अध्यक्ष श्री विष्णु वीर जर्गा मगरको […]
गण्डकी प्रदेशमा अवदेखि सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषा पनि थपिए

पोखरा २४ असार । गण्डकी प्रदेशमा अवदेखि सरकारी कामकाजको भाषामा मगर र गुरुङ भाषा पनि थपिएको छ । गण्डकी प्रदेश सभाले आज (मंगलबार) मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेकोविधेयक सर्वसम्मत पारित गरेसँगै गण्डकीमा यी दुवै भाषा सरकारी कामकाजमा थपिएका हुन् । यसअघि देवनागिरीमा लेखिने नेपाली भाषा मात्रै […]
चितवनको कालिका नगरपालिका स्कुटर आफैँ अनियन्त्रित भई पल्टिदा दुई जना घाइते

चितवन २३ असार । चितवनको कालिका नगरपालिका वडा नं. ९ मा भरतपुर तर्फ आउदैँ गरेको स्कुटर आफैँ अनियन्त्रित भई पल्टिदा दुई जना घाइते भएका छन् । घाइते भएका स्कुटर चालक भरतपुर महानगर २ बस्ने २५ वर्षीय रोशन गुरुङ रहेका छन् भने उनलाई थप उपचारको लागी काठमाडौँ पठाइएको छ । त्यस्तै स्कुटरको पछाडी सवार रत्ननगर नगरपालिका […]
चितवनमा नेटवर्किङ बिजनेसका नाममा ठगी गरेको आरोपमा १४ जनामध्ये आठ जनाविरूद्ध मुद्दा दर्ता

भरतपुर १८ असार । चितवनमा नेटवर्किङ बिजनेसका नाममा ठगी गरेको आरोपमा भरतपुर–९, वेणीचोकबाट पक्राउ परेका १४ जनामध्ये आठ जनाविरूद्ध मुद्दा दर्ता भएको छ । आठ जनाविरूद्ध ठगीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए । उनीहरुमाथि थप अनुसन्धानका लागि चितवन जिल्ला अदालतबाट छ दिनको म्याद लिइएको उनले बताए । पक्राउ परेका […]