बुलिङटारमा ४३औं राष्ट्रिय मगर एकाता दिवस तथा खेलकुद एवम् सास्कृतिक कार्यक्रम – २०८१ फागुन १५ र १६ दुई दिन मनाउने

बुलिङटार १३ फागुन । नेपाल मगर संघ बुलिङटार गाउपालिका कार्यसमिति द्वारा आयोजित ४३औं राष्ट्रिय मगर एकाता दिवस तथा खेलकुद एवम् सास्कृतिक कार्यक्रम – २०८१ फागुन १५ र १६ भब्य र सभ्य रुपमा मनाउने भएको छ । नेपाल मगर संघ बुलिङटार गाउपालिका आयोजनामा बुलिङटार वडा नं.–०३ पुरानो त्रिभुवन मा.वि.मा हुने कार्यक्रममा १ देखि ६ वडाको झाँकी […]
१५औँ बृहत रमाइलो थामबेसी मेलाको विभिन्न मनोरन्जनात्मक कार्यक्रम तथा खुला पुरूष भलिबल कार्यक्रम सम्पन्न

बुलिङ्गटार १२ फागुन । १५औँ बृहत रमाइलो थामबेसी मेलाको विभिन्न मनोरन्जनात्मक कार्यक्रम तथा खुला पुरूष भलिबल कार्यक्रम सम्पन्न भएको छ । थामबेसी स्पोर्टस क्लब थामबेसीको आयोजनामा बुलिङ्गटार गाउँपालिका १ थामबेसी, ताले बजारमा मिती २०८१ फाल्गुन ७ गते देखि १० सम्म विभिन्न कार्यक्रमहरु गरी सम्पन्न गरिएको हो । कार्यक्रमहरु ७ गते मेला समुद्घाटन समारोह सांस्कृतिक कार्यक्रम […]
जनप्रतिनिधिहरूका लागि न्यायिक तथा कुशल कार्यसम्पादन सम्बन्धी तालिम बुलिङटार चुलीबोझा होमस्टेमा सुरु

बुलिङटार ९ फागुन । बुलिङटार गाउँपालिकाको आयोजनामा जनप्रतिनिधिहरूका लागि न्यायिक तथा कुशल कार्यसम्पादन सम्बन्धी तालिम बुलिङटारगाउँपालिका वडा नं. ४ स्थित देवचुली चुलीबोझा होमस्टेमा सुरु भएको छ । गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको यस तालिममा उपाध्यक्ष, वडा अध्यक्षहरू तथा अन्य जनप्रतिनिधिहरूको उत्साहजनकउपस्थिति रहेको छ । यस तालिमको उद्देश्य जनप्रतिनिधिहरूलाई न्यायिक क्षमता अभिवृद्धि गर्दै […]
बुलिङटार गाउँपालिकाको १६औँ गाउँसभा फागुन ६ गते सफलतापूर्वक सम्पन्न

बुलिङटार ६ फाल्गुन । बुलिङटार गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को १६ औँ गाउँसभा आज मिति २०८१ फागुन ६ गते गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारीको अध्यक्षतामा सफलतापूर्वक सम्पन्न भएको छ । सभामा स्थानीय विकास, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन प्रवर्द्धन तथा अन्य महत्वपूर्ण विषयहरूमा विस्तृत छलफल गरिनुका साथै विभिन्न नीति तथा योजनाहरू पारित गरिएको छ […]
बुलिङ्गटार १ थामबेसीमा १५औं बृहत रमाइलो थामबेसी मेला-२०८१

बुलिङ्गटार ६ फागुन । थामबेसीमा १५औं बृहत रमाइलो थामबेसी मेला-२०८१ भोलि देखि हुने भएको छ । थामबेसी स्पोर्टस क्लब थामबेसीको आयोजनामा बुलिङ्गटार गाउँपालिका १ थामबेसी, ताले बजारमा मिती २०८१ फाल्गुन ७ गते देखि १० सम्म विभिन्न कार्यक्रमहरु गरी गर्ने भएको छ । कार्यक्रमहरु ७ गते मेला समुद्घाटन समारोह सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय कलाकाहरुको बेजोड प्रस्तुति […]
प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न

गैंडाकोट ३ माघ प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल मगर संघ नगर समिति गैंडाकोटको आयोजना तथा रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपाल र लाफा आमा समूह गैंडाकोटको सहकार्यमा भएको निशुल्कस्वास्थ्य शिविरमा ९९८ जनाले स्वास्थ्य सेवा लिएका छन । गैंडाकोट स्थित लखनचोकमा […]
सुरेश अन्जानको नया गित “नरिवलको रस” बजारमा सार्वजनिक

बुलिङटार २ फागुन । सुरेश अन्जानको नया गित “नरिवलको रस” बजारमा सार्वजनिक भएको छ । उक्त गितमा शब्द संगित सुरेस अन्जान कै रहेको छ भने उसलाई दिपिका बयाम्बु मगरले स्वरमा साथ दिनु भएको छ । उहांले करिब २ दशक देखि संगितिक क्षेत्रमा निरन्तर योगदान दिईरहनु भएको छ । अहिले सम्म उहांका माझि द्ईले माछी मार्यो, […]
सारिका फाउन्डेसन नेपालको सहकार्यमा बुलिङटार गाउँपालिकामा एउटा महत्वपूर्ण सामाजिक कार्य सम्पन्न

बुलिङटार २ फागुन । बुलिङटार गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरको विशेष पहलमा तथा सारिका फाउन्डेसन नेपालको सहकार्यमा बुलिङटार गाउँपालिकामा एउटा महत्वपूर्ण सामाजिक कार्य सम्पन्न भएको छ । अपाङ्गता भएका नागरिकहरूको जीवनस्तरमा सुधार ल्याउन र उनीहरूको आवश्यकता सम्बोधन गर्न यस कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्याएको छ । कार्यक्रममा न्यानो कपडा वितरणसँगै जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको […]
कार्यसम्पादन सूचकको मुल्याङ्कनको आधारमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट स्थानीय

नवलपुर १ फागुन । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन सूचकको मुल्याङ्कनको आधारमा विनयी त्रिवेणी गाउँपालिका जिल्लाको उत्कृष्ट स्थानीय तह बन्न सफल भएको छ । नवलपुर जिल्लामा विनयी त्रिवेणी गाउँपालिका उत्कृष्ट हुदाँ क्रमशः देवचुली नगरपालिकाले ७१.४ अंक, गैंडाकोट नगरपालिकाले ७०.९ अंक, मध्यविन्दुनगरपालिकाले ६८.६ अंक, बौदीकाली गाउँपालिकाले ६३.९ अंक, कावासोती नगरपालिकाले ६२.९ अंक, हुप्सेकोट गाउँपालिकाले ६०.८ अंक […]
नेपाल मगर संघ नगर समिति गैंडाकोटको आयोजनामा गैंडाकोट बृहत निशुल्क स्वास्थ्य शिविर हुँदै

फागुन ०१, गैंडाकोट । प्रथम शहिद क्याप्टेन लखन थापा मगरको १४८ औं स्मृति दिवसमा आयोजित वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेपाल मगर संघ नगर समिति गैंडाकोटको आयोजना तथा रमिता सारु मगर स्मृति प्रतिष्ठान नेपाल र लाफा आमा समूह गैंडाकोटको सहकार्यमा यही फागुन ०२ गते, शुक्रवारका दिन गैंडाकोट स्थित लखनचोकमा सञ्चालन गरिने स्वास्थ्य […]
