बिजय लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बुलिङटारद्वारा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

बुलिङटार १० चैत । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय बुलिङटारले एक दिने वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रमको उद्देश्य स्थानीय नागरिकहरूलाई वित्तीय ज्ञान प्रदान गर्दै आर्थिक रूपमा सशक्त बनाउन सहयोग गर्नु थियो । कार्यक्रमको स्वागत मन्तव्य शाखा प्रमुख इस्वर लम्सालले दिनुभएको थियो भने कार्यक्रमको सञ्चालन सोही शाखाका कर्मचारी उमेश […]

नवलपुरका प्रमुख जिल्ला अधिकारीको सरुवा

नवलपुर । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेल सरुवा भएका छन् । उनलाई गृहमन्त्रालयमा सरुवा गरिएको छ भने गृहमन्त्रालयका सह-सचिव भविश्वर पाण्डे नवलपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएको आज गृहमन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ । गृहमन्त्रालयले आज नवलपुर सहित, कपिलवस्तु, सुर्खेत, उदयपुर, बाग्लुङ्ग, अछाम र पर्वतका प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको सूचनामा जनाइएको छ […]

एसइई वर्षको माध्यमिक शिक्षा परीक्षा को सम्पूर्ण तयारी पूरा

भक्तपुर ४ चैत ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, […]

बुलिङटार गाउँपालिका पुदी खानेपानीमा जनसहभागिताका साथ पाइप बिछ्याउने कार्य सम्पन्न

बुलिङटार २ चैत । बुलिङटार  गाउँपालिका–१ मा सञ्चालित पुदी थामबेसी खानेपानी (कोटथर खानेपानी) योजना अन्तर्गत आज व्यापक जनसहभागिताका साथपाइप बिछ्याउने कार्य सम्पन्न भएको छ । स्वच्छ र सुरक्षित खानेपानीको सुनिश्चितता गर्न गाउँपालिकाले यस योजनाका लागि रु. १ करोड बजेट विनियोजन गरेको छ । स्थानीय समुदायको लामोप्रतीक्षालाई अन्त्य गर्दै दिगो रूपमा खानेपानी उपलब्ध गराउने लक्ष्यसहित यो […]

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोटको प्रथम नगर अधिवेशन आज

गैँडाकोट २ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोटको प्रथम नगर अधिवेशन आज हुँदैछ । गैँडाकोट नगरपालिका वडा नं. १२ मा रहेको होटल पौवामा हुने प्रथम नगरअधिवेशनको राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर उपसभापति विमल घिमिरेले जानकारी दिनुभयो । अधिवेशनले आगामी पाँचवर्षका लागि सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष […]

छत्तीसा देवी मा.वि.मा शुद्ध पिउने पानी व्यवस्थापन सहयोग हस्तान्तरण कार्यक्रम सप्पन्न

बुलिङटार २८ फागुन । छत्तीसा देवी मा.वि.मा शुद्ध पिउने पानी व्यवस्थापन सहयोग हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ । छत्तीसा देवी मा.वि.का वि.व्य.स.अध्यक्ष दुल बहादुर खण्डलुकज्युको अध्यक्षता तथा बुलिङटार गा.पा. वडा न. १ का वडाध्यक्ष दिल बहादुर सुर्यबङ्शीज्युको प्रमुख आतिथ्यतामा विद्यालयमा शुद्ध पिउने पानी व्यवस्थापन सहयोग हस्तान्तरण कार्यक्रम सप्पन्न भएको छ । विद्यालयमा फिल्टर सहितको शुद्ध […]

सिद्ध गुफा तथा मंगलादेवी विकास समिति द्वारा विशेष मंगलादेवी पूजा भोलि २९ गते हुने

गैडाकोट २८ फागुन । गैडाकोट न.पा. वाड नं ३ स्थित यस श्री सिद्ध गुफा तथा मंगलादेवी विकास समिति द्वारा विशेष मंगलादेवी पूजा भोलि २९ गते हुनेभएको छ । यस श्री सिद्ध गुफा तथा मंगलादेवी विकास समिति द्वारा मिति २०७२ साल फाल्गुण १५ गते श्री मंगलादेवी मन्दिरको स्थापनाको अवसर पारि विशेष मंगलादेवी पूजा मिति २०८१ फाल्गुण […]

नेपाल मगर संघ देवघाट गाउपालिकाको प्रथम अधिवेशन शनिबार देवघाटमा सम्पन्न

देवघाट २५ फागुन । नेपाल मगर संघ देवघाट गाउपालिकाको प्रथम अधिवेशन शनिबार देवघाटमा सम्पन्न भएको छ । उक्त अधिवेशनले खड्क बहादुर पामीआलेको अध्यक्षतामा नेपाल मगर संघ देवघाट गाउँ समिति गठन गरेको छ ।उपाध्यक्षमा तिलबहादुर गर्जा मगर, सचिवमा मनबहादुर राना मगर, सहसचिवमा विष्णुबहादुर थापा मगर र कोषाध्यक्षमा राममाया आले मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा […]

नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण

चितवन २२ फागुन । बुद्ध एयरको जनकपुरबाट काठमाडौं आएको नाइनएनएएच जहाजले अगाडिको एउटा पांग्रा (नोज ह्वील) बिना नै अवतरण गरेको छ । बिहीबार जनकपुबारबाट काठमाडौं आएको उक्त जहाजमा एउटा नोज ह्वील जनकपुरमै छुटेको हो । जहा जनकपुरबाट काठमाडौंका लागि ४ः४५ मा उडेको थियो । काठमाडौंमा अवतरण गरिसकेपछि पोष्टफ्लाइट चेक गर्दा अगाडिको नोज ल्यान्डिङ गेयरको एउटा […]

गुरांस फुल्यो भिरका गायक सुरेस अन्जान ले बजारमा एक पछि अर्को नया प्रस्तुती

गैंडाकोट १६ फागुन । गुरांस फुल्यो भिरका गायक सुरेस अन्जान ले बजारमा एक पछि अर्को नया प्रस्तुती लिएर आउनु भएको छ । पछिल्लो समय बिभिन्न मेला महोत्सव देखि साना ठुला कर्यक्रम मा अत्यधिक ब्यस्त हुने अन्जानले करिब डेड दशक भन्दा पहिला देखि संगितिक क्षेत्रमा हात हालेका थिए । सोही समयमा राम्रो चर्चा कमाउन नसके पछि […]