गैंडाकोट नगरपालिका वडा नं १४ को वडाध्यक्षमा नेकपा एमालेकी कोकीसरा राना मगर विजयी

मेरो नवलपुर गैंडाकोट ३ जेठ । गैंडाकोट नगरपालिका वडा नं १४ को वडाध्यक्षमा नेकपा एमालेकी कोकीसरा राना मगर विजयी हुनुभएको छ । उहाँले १०३१ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दि नेपाली काँग्रेसका उम्मेदवार महाश्रम न्यौपानेले ९१८ मत प्राप्त गर्नुभएको थियो । यो वडामा कुल २०३६ मत खसेको थियो । कोकीसरा रानामगर यस […]
नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी

धन बहादुर सिन्जाली बुलिङ्ग्टार २ जेठ । नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बनेका २८ वर्षीय दीपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।बुलिङटार गाउँपालिकालाई नवलपुरमा कांग्रेसको किल्लाको रूपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, […]
विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा गएको सुक्खा पहिराका कारण आज जिल्लामा एक कामदारको निधन

धन बहादुर सिंजाली नवलपुर १२ माघ विद्युत् आयोजनाको पहुँच मार्ग विस्तारका क्रममा गएको सुक्खा पहिराका कारण आज जिल्लामा एक कामदारको निधन भएको छ । पहिरामा परी निधन हुनेमा रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका–६ ठाडे गाउँ निवासी अन्दाजी ५५ वर्षीय ग्याल्वोछिरिङ तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
घोराही कारागारबार फरार कैदी नाइके यमराज परियार ३२ दिनपछि पक्राउ

जगत ठाडा मगर बुटवल,१० माघ । दाङको घोराही कारागारबाट एक महिनाअघि भागेका कैदी यमराज परियारलाई प्रहरीले पक्राउ गरेको छ । कारागार नाइके समेत रहेका २९ बर्षीय परियारलाई भागेको ३२ दिनपछि प्रहरीले नेपाल–भारत सिमावर्ती क्षेत्र बाँकेको जमुनहा नाकाबाट पक्राउ गरे । पक्राउ परेका कैदी परियारलाई जिल्ला प्रहरी कार्यालय दाङले सोमवार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको […]
मेलम्ची नगरपालिका ३ हैबुङमा ढुङ्गाले थिचेर एक जनाको ज्यान गए

धन बहादुर सिंजाली मेलम्ची ८ माघ मेलम्ची नगरपालिका ३ हैबुङमा ढुङ्गाले थिचेर एक जनाको ज्यान गएको छ । बर्दिया घर भएका अन्दाजी ४० वर्षीय शेरबहादुर श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । आज दिउँसो ३ बजे हैबुङ पाटीभञ्याङ सडक स्तरोन्नति गर्ने क्रममा माथिबाट आएको ढुङ्गाले थिचेर स्काभेटर चालकको ज्यान गएको इलाका प्रहरी […]
पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

धन बहादुर सिंजाली तनहुँ ४ पौष पृथ्वी राजमार्गअन्तर्गत तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । व्यास नगरपालिका–१ सिमलटारमा बसले स्कुटरलाई ठक्कर दिदाँ चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ […]
मुगु जिल्लमा लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ

धन बहादुर सिंजाली नवलपुर २३ मंसीर मुगु जिल्लमा लागूऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् । प्रहरीले छायाँनाथ रारा नगरपालिका–१ का २२ वर्षीय भक्तराज शाहीलाई ४.३५ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो । मुगु र आसपासका क्षेत्रमा लागू औषधको विक्री वितरण तथा ओसार–पसार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले चेकजाँच गर्ने क्रममा शाहीलाई लागूऔषधसहित पक्राउ गरेको हो […]
बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु

धन बहादुर सिन्जाली नवलपुर १८ मंसिर । आज बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका– ८ चुवाको पराधिमा पोखराबाट पर्वततर्फ आउँदै गरेको ग१ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को२त ६४२७ नम्वरको ट्र्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो […]
भिमेश्वर नगरपालिका बस्ने ज्ञान बहादुर हत्या गरेको अभियोगमा एकजना पक्राउ

धन बहादुर सिंजाली नवलपुर ६ मंसिर भिमेश्वर नगरपालिका बस्ने ज्ञान बहादुर हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । भिमेश्वर नगरपालिका ४ जिलु बस्ने ७२ वर्षीय ज्ञान बहादुर मङरातीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने बस्ने ५७ वर्षीय बिष्णु श्रेष्ठलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विष्णुले मादक पदार्थ सेवन गरी ज्ञान बहादुरलाई लाठी […]
नेपाली कांग्रेस काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदै

धन बहादुर सिंजाली नवलपुर ४ मंसिर नेपाली कांग्रेस काठमाडौँका २० प्रदेशसभा क्षेत्रमा अधिवेशन हुँदैछ । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा क्षेत्रमा आज अधिवेशन हुन लागेको हो । कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता नरहरि आचार्यले आज हुने प्रदेशसभा निर्वाचनका लागि सबै प्रदेशसभामा निर्वाचन अधिकृत […]
