पछिल्लो २४ घण्टामा २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,४२ जनाको मृत्यु

काठमाडौँ २ भदौ । पछिल्लो २४ घण्टामा २ हजार ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले जानकारी दिनुभएको छ । पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १०४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
चितवन जिल्ला प्रशासन चितवनले गरेको आदेश उल्लंघन गरी पसल खोल्ने १९ व्यावसायी कारबाही

धन बहादुर सिंजाली चितवन २ भदौ । जिल्ला प्रशासन चितवनले गरेको आदेश उल्लंघन गरी पसल खोल्ने १९ व्यावसायीलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जवी शर्माको नेतृत्वमा निस्केको प्रहरी र सशस्त्र प्रहरीसहितको अनुगमन टोलीले १९ जनालाई नियन्त्रणमा लिएको हो । तोकिएको समयबाहेकका अरु समयमा पसल सञ्चालन गर्ने जो कोहीलाई […]
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाइए

काठमाडौँ २ भदौ । नेकपा एमाले(समाजवादी)का संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाइएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै नेपालले एमाले फुटाएर एमाले समाजवादी गठन गरेका हुन। नयाँ पार्टी दर्ता भएसँगै नेपालको सुरक्षा बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सुरक्षा चुनौतीलाई मध्यनगर गर्दै महानगरीय प्रहरीको तर्फबाट एउटा गाडीसहित […]
आज २४ घण्टामा देशभर ३,४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं १ भदौ । आज २४ घण्टामा देशभर ३,४५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । त्यसै अवधिमा २,४५८ जना संक्रमणमुक्त भएका छन् भने ३५ जनाको मृत्यु स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जानकारी दिनुभएको छ ।
आज करिब आज भरतपुर महानगरपालिका-३ नारायणगढको लायन्सचोकमा वेवारिसे शव फेला

युवक भरतपुर महानगरपालिका-३ नारायणगढको लायन्सचोकमा वेवारिसे शव फेला परेको छ । आज सोमाबर बिहान ११ बजे अन्दाजी २७-२८ वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
आज मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ३२ साउन । आज मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ६११ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख १० […]
जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा आलोपालोको व्यवस्था लागू

हेटौंडा ३२ साउन । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यकबाहेक विभिन्न सेवालाई काम तथा सेवा आलोपालोको व्यवस्था लागू गरेको छ । जिल्लामा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न फरक फरक मितिअनुसार सेवा प्रवाह गरी समय निर्धारण गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताउनुभयो ।
आज बसेको बैठकले नवलपुरमा १० दिन थप निषेधाज्ञा जारी गरेको

नवलपुर ३१ साउन । आज बसेको बैठकले नवलपुरमा भाद्र १० गते रात को १२:०० सम्म निषेधाज्ञा थप गरिएको छ । गत साउन ३२:०० रात सम्मको थप गरिएको थियो । प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले भाद्र १० गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघिका नियमहरु लागु हुने जनाएको छ ।
गैडाकोट नगरपालिकामा डाँडाझेरी मेडिकल हल शुभारम्भ

गैडाकोट ३० साउन । नवलपुर जिल्लाको गैडाकोट नगरपालिकामा डाँडाझेरी मेडिकल हल शुभारम्भ गरेको छ । गैडाकोट नगरपालिका -२ स्थित कालीगण्डकी चोकमा संचालनमा ल्याएको हो । उक्त मेडिकल नवलपुर जिल्ला समन्वय समितिका सभापति चेसराम आले मगरले उट्घाटन गरि शुभारम्भ गरेको हो । बुलिङटार गाउँपालिका -२ मा जन्मिनु भएका बुबा भिमबहादुर गरन्जा मगर र आमा भिम माया […]
नेपाल सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि लक्षित खोप खरिदका लागि सम्झौता

काठमाडौं २९ साउन । नेपाल सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि लक्षित खोप खरिदका लागि सम्झौता गरेको छ । सरकारले उक्त उमेर समूहका बालबालिकाका लागि करिब ४० लाख खोप खरिदका लागि सम्झौता गरेको हो । आगामी २०२२ मार्चमा नेपाल आइपुग्नेगरी मोर्डनाको ४० लाख डोज खोप खरिद सम्झौता गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले […]

