आज सम्म  चितवनको  विभिन्न अस्पतालमा २४२ जना कोरोना संक्रमित उपचार

चितवन २५ साउन । आज सम्म  चितवनको  विभिन्न अस्पतालमा २४२ जना कोरोना संक्रमित बिरामीको उपचार भइरहेको छ । भरतपुर अस्पतालमा मात्र ९९ जनाको उपचार,चितवन मेडिकल कलेजमा ७४, पुरानो मेडिकल कलेजमा २२, क्यान्सर अस्पतालमा ९ र अन्य अस्पतालहरुमा ३८ जना कोरोना संक्रमितको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । पछिल्लो २४ घन्टामा चितवनका अस्पतालमा १ […]

सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन

काठमाडौँ  २५ साउन। सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (IPO) मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् । साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् । रु तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको तीन करोड ६९ लाख ४३ […]

मुलुकभर २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि,५५ को मृत्यु

काठमाडौं २४ साउन । दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर आज पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २०२९ जना कोरोनामुक्त भए, ५५ को मृत्यु हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९३ पुगेको छ ।

हेटौडामा दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौडा २४ साउन । आज काठमाडौं बाट वीरगञ्जतर्फ आउँदै गरेको ना १ ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्युहुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनक कुमार, १७ वर्षीय शङ्कर कुमार, […]

माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन

काठमाडौं २३ साउन । २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार एसईईको नतिजा सार्वजनिक गरेहको हो । कोरोना महामारीका कारण भौतिक रुपमा परीक्षा गराउन सम्भव नभएपछि एसईईको नतिजा आन्तरिक मूल्याङ्कन मार्फत गरिएको थियो । नतिजा हेर्नको लागि एसईई लेखेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखि ३४९४९, ३१००३ […]

कक्षा १२ को परिक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज

काठमाण्डाै २३ साउन । स्वास्थ्य मन्त्रालयले परीक्षा स्थगित गर्न सिफारिस गरेपछि यसबारे निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ । कोरोना सङ्क्रमण बढ्दै गएकाले कक्षा १२ सहितका अरु परीक्षा रोक्न मन्त्रालयले हिजो सिफारिस गरेको हो । कक्षा १२ को परीक्षा आउँदो ३१ गतेदेखि सुरु हुँदैछ । मन्त्रालयको सिफारिसपछि परीक्षा के हुन्छ भन्नेमा विद्यार्थी र […]

उदयपुरको बेलाका नगरपालिकाले ६० लाख खर्चेर बनायो सुँगुरको मूर्ति

उदयपुर २२ साउन । २०७४ मा स्थानीय सरकार बनेपछि देशभरि ठाउँ-ठाउँमा सोही ठाउँका विशेषता अनुसार विभिन्न कुराका मूर्ति ठड्याइएका छन् । कहीँ सिमेन्टले गुराँसका रूख बनाइएका छन्, कहीँ क’रूवाका मूर्ति ठड्याइएका छन् । हालसालै उदयपुरको बेलका नगरपालिकाले सुंगुरको मूर्ति बनाएको छ । बेलका नगरपालिका वडा नम्बर ७ मैनामैनी मूलगाउँमा बनाइएको उक्त सुंगुरको मूर्तिको उचाइ १२ […]

जंगली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु

बैतडी २१ साउन । हिजो बुधबार जंगली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । उनीहरू सहोदर दाजुभाइ हुन् । बुधबार राति पौने ११ बजे घर नजिकै रहेको मकैबारीमा जङ्गली बँदेलका लागि छाडिएको […]

हिजो तनहुँ देवघाट गाउँपालिकामा झुण्डिएरको अबस्थामा एक पुरुष फेला

तनहुँ १९ साउन । तनहुँमा एक पुरुष झुण्डिएर मृत्यु भएको छ । तनहुँ देउघाट गाउँपालिका – २ का खड्का बहादुर दर्जीका छोरा २२ बर्षिय सन्तबहादुर दर्जी झुण्डिएर मृत्यु भएको हो । सोमबार बिहान करिब ७ बजेदेखि हराएको थियो ।उनको खोजी गर्दा आफ्नो घरदेखि माथिको जंगलमा घाँटीमा पासो लगाएर झुण्डिएको अबस्थामा फेला परेको हो । तर […]

थप नवलपुर ३२ गते सम्म निषेधाज्ञा लागु

नवलपुर १८ साउन । पूर्वी नवलपरासीमा थप साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय नवलपुरमा बसेको विपद व्यवस्थापन समितिको वैठकले निषेधाज्ञा ३२ सम्म थप गर्ने निर्णय गरेको हो । नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले यस पटकको निषेधाज्ञामा अनुगमन र निगरानीलाई बढाइने बताइन ।